काठमाडौंबाट ओखलढुंगा जादै गरेको जिप मन्थलीमा दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौंबाट ओखलढुंगा जादै गरेको जिप मन्थलीमा दुर्घटना, ३ जनाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३१।

काठमाडौंबाट ओखलढुंगा आउँदै गरेको बोलेरो जिप रामेछापको मन्थलीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । विहिबार बिहान काठमाडौंबाट खिजीफलाटेका लागि छुटेको प्रदेश नम्बर ३–०१–०२३ च ३५१३ सामान बोक्ने बोलेर दुर्घटना हुँदा जिपका चालक लाक्पा शेर्पासहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मन्थली नगरपालिका वडा नं १ कुनौरी, बोक्सेको भिरमा भएको दुर्घटनामा जिप चालक शेर्पा सहित एक पुरुष र एक महिलाको मृत्यु भएको तर २ जना मृतककाे पहिचान नखुलेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुर्घटनामा एक बालक गम्भीर घाइते भएका छन् । गम्भिर घाइते हुनेमा १२ वर्षीय पेम्बा शेर्पा रहेका  छन् ।

बोलेरो खुर्कोट–मन्थली सडकखण्डको हात्तिटार (बोक्से) भिरबाट तामाकोशी नदीमा खसेको रामेछापबाट पत्रकार सन्तोष ढुंगेलले भिजनलाई जानकारी दिए ।फोटो सौजन्य : भिजन समाचार

तपाइँको प्रतिक्रिया ।