जिल्ला प्रशासन कार्यालय काठमाडौंको निषेधाज्ञा सम्बन्धि आदेस, दिनमा ५ घण्टा स्थानीय दुवानी बन्द

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३१।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गर्दै स्मार्ट लकडाउनका मापदण्ड पालना गर्न आग्रह गरेको छ।

‘स्थानीय दुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने। सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने,’ प्रशासनको आदेशमा उल्लेख गरिएको छ।

प्रशासनले कोभिड-१९ को लक्षण देखिएका तथा संक्रमितको सम्पर्कमा परेका व्यक्तिहरुले नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पीसीआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन, भिडभाडबाट बच्न तथा बचाउन सतर्क रही स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गर्न गराउन आग्रह समेत गरेको छ।

तपाइँको प्रतिक्रिया ।