नेपाल निजामती कर्मचारी संगठनको रास्ट्रिय भेला असोज २ गते काठमाण्डौमा हुने

नेपाल निजामती कर्मचारी संगठनको रास्ट्रिय भेला असोज २ गते काठमाण्डौमा हुने

कपन अनलाइन
काठमाडौं,भदौ ३१।

नेपाल निजामती कर्मचारी संगठनको रास्ट्रिय भेला असोज २ गते काठमाण्डौमा हुने भएको छ।  नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कमिटी बैठक तथा रास्ट्रिय भेला असोज २ गते माइतीघरको कार्की ब्यान्केटमा हुनेछ।

नेकपा एकीकरण र पार्टी विभाजनको समय सम्म संगठनको परिचालन र बैठक समेत हुन् नसकेको अवस्थामा देशका ३३ हजार कर्मचारीहरुको साझा संगठनको भेलालाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले संबोधन गर्ने संचारकर्मीहरु संगको अन्तरक्रियामा अध्यक्ष केदार प्रसाद देवकोटाले जानकारी दिएका छन।

नेपालका ७७ जिल्ला,६८ जिल्लाका रास्ट्रसेवक सहकारी,३९ मन्त्रालय कमिटी , केन्द्रीय कमिटी र अगुवा कर्मचारी नेताहरुको भेलामा एक हजार भन्दा बढी शंख्यामा सहभागिता रहने बताउदै अध्यक्ष देवकोटाले सोहि भेला बाट रास्ट्रिय कर्मचारी संगठन ( निजामती ) बाट नेतृत्व सहित संगठनमा समाहित गर्ने तयारी रहेको जानकारी दिएका छन।

अहिले संगठनका केहि पुर्व अध्यक्षहरु र वर्तमान महासचिव लगायतले भेलाको वारेमा भ्रम छरिरहेको बताउदै बरिस्ट उपाध्यक्ष लेखनाथ कोइरालाले भेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका छन।

असोज २ गतेको भेलाले नेतृत्व,विधान र संगठन परिचालनका विशेष योजना पारित गर्ने बताउदै संगठनकी उपाध्यक्ष भवानी दाहालले कुनै उल्झन र भ्रममा नपरी भेला सफल बनाउन सबैमा आग्रह गरेकी थिइन।

असोज २ को भेला केन्द्रीत संचारकर्मीहरु संगको सो अन्तरक्रियामा अध्यक्ष देवकोटा ,बरिस्ट उपाध्यक्ष कोइराला,  उपाध्यक्ष भवानी दाहाल र रेणुका श्रेष्ठको उपस्थिति रहेको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।