नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क) को सभापतिमा केशव प्रसाद पुडासैनीको दावी

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क) को सभापतिमा केशव प्रसाद पुडासैनीको  दावी

कपन अनलाइन

काठमाडौं, भाद्र २५ ।नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क) को सभापतिमा केशव प्रसाद पुडासैनीले दावी गरेका छन् । २०३६ सालको जनमत संग्रहको आन्दोलन देखि राजनीतिक यात्रा शुरु गरी अविचलित रुपमा नेपाली कांग्रेसमा रही कार्य गर्दै आएका  पुडासैनीलेसो क्षेत्रका नेता, कार्यकर्ता र सुभेच्छुकहरु सँग सल्लाह गरेर अगाडी बढेको बताएका छन । काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क) को सभापतिको रुपमा पार्टीलाई बलियो बनाउने दृढ ईच्छाशक्ति बोकेरै अगाडी बढेको बताउने  उनले स्थानीय क्षेत्र र केन्द्रलाई जोड्ने कडीको रुपमा प्रदेश रहेकोले प्रदेश तहबाट स्थानीय समस्याको समाधान तथा स्थानीय क्षेत्रको विकासका लागि बलियो नेतृत्वको आवश्यकता रहेकोले आफूले सबैलाई मिलाएर अगाडी बढ्ने र सबैसँग सहकार्य गरी पार्टी र जनताको हितमा काम गर्न उमेद्वारी दिन लागेको बताएका छन  ।

नेपाली कांग्रेसले घोषणा गरेको आन्दोलन तथा राजनीतिक अभियानहरुमा निरन्तर अगाडी बढ्दै आएको बताउने पुडासैनीले आफ्ना राजनीतिक गुरु चक्र बहादुर ठकुरीको नेतृत्वमा रहेरसो  क्षेत्रमा सक्रिय रुपमा कार्य गरेको स्मरण गर्दै प्रदेश सभापतिमा आफूलाई पार्टीको पुरानो र सक्रिय कार्यकर्ताको रुपमा अग्रज र युवाहरु सबैले सहयोग गर्ने बचन दिएको बताउछन  ।

पुडासैनीले गुट उपगुट भन्दा पनि सिंगो पार्टीलाई एक बनाएर अगाडी बढाउन प्रदेश सभाको सभापतिमा दावी गरेकोले सबैको  सहयोग प्राप्त हुने  विश्वास समेत व्यक्त गरेका छन  ।नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का इकाई सचिव समेत रहेका पुडासैनीले नेपाली कांग्रेस पार्टीबाट २०४८ सालमा तत्कालीन जोरपाटी गाविस वडा नं. २ को वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए भनें नगरपालिका बन्नु भन्दा पहिले जोरपाटी वडा नं. २ को संयोजकको रुपमा कार्य गरिसकेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।