असोज ३ गते संविधान दिवसका दिन हात्तीगौडामा रक्तदान कार्यक्रम हुने

कपन अनलाइन
काठमाडौं, भदौ ३१।

असोज ३ गते संविधान दिवसका दिन हात्तीगौडामा रक्तदान कार्यक्रम हुने भएको छ। नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ६ र ७ वडा कमिटी र भद्रकाली जागरण समाजको आयोजनामा हुने सो कार्यक्रम बिहान ८ बजे शुरु हुनेछ।

बुढानिलकण्ठ -७ हात्तीगौडामा हुने सो कार्यक्रममा सहभागी हुनका लागि सबैमा आयोजकले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।