गोकर्णेश्वर ४ मा युवालक्षित चारदिने सामुदायिक विपद् प्रतिकार्य तालिम सम्पन्न

गोकर्णेश्वर ४ मा युवालक्षित चारदिने सामुदायिक विपद् प्रतिकार्य तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, भाद्र ३१ ।समुदाय स्तरमा विपद् प्रतिकार्य सम्बन्धि सचेतना अभिबृद्दि गर्ने,  वडा तथा नगर क्षेत्रमा हुन सक्ने विभिन्न प्रकारका विपद्हरुमा हुने क्षति  न्यूनीकरण गर्ने लगायतका उद्देश्य सहित  गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा चारदिने   सामुदायिक विपद प्रतिकार्य तालिम सम्पन्न भएको छ ।संभावित विपद् जोखिमका बारेमा सचेतना अभिबृद्धि गर्ने, विपद जोखम न्यूनीकरका उपायहरुका बारेमा जानकारी गराउने तथा सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी सचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ आइतबार तालिमको गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

युवालाई समाजमा आइपर्ने विपदको प्रतिकार्य गर्नको लागि ज्ञान हासिल गराउने उद्देश्यसहित आइतबार देखि सुरुभएको तालिममा उक्त वडाका ३८  जना युवा सहभागी भएका  थिए  ।  गोकर्णेश्वर नगरपालिका वडा नं ४  को  आयोजना र  नं १  बिपत व्यवस्थापन गण सुन्दरीजलको   संयोजनमा भएको तालिममा सहभागी युवालाई नं १  बिपत व्यवस्थापन गण सुन्दरीजलका  प्रशिक्षकले प्रशिक्षण  दिएका थिए ।प्रशिक्षकहरुले विपद्को वर्गाीकरण, विपद् उद्दार कायृमा नेपाली सेनाको भूमिका, क्षमता , विपदमा  प्राथमिक उपचार, , बाढी, पहिरो, आगो, डढेलो नियन्त्रण भूकम्प लगायतका विपद आइपरेमा तत्काल गर्न सकिने कार्यहरुको  बारेमा जानकारी गराएका थिए  भने तालिममा विपद्का बेला बाहिरी रेस्कु टिम नपुग्दासम्मको लागि स्थानीयस्तरमा स्थानीय सामग्रीको प्रयोग गरेर गर्न सकिने विपद् प्रतिकार्यको बारेमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास  समेत सिकाइएको थियो। बुधबार उक्त तालिम समापन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै बागमती प्रदेशका पुर्व भौतिक  पूर्वाधार विकास मन्त्रि रामेश्वर  फुयालले  तालिमबाट युवाहरुलाई सम्भावित विपद्बाट आफू पनि जोगिन र समुदायलाई पनि जोगाउन प्रभावकारी हुने बताएका  थिए    ।युवाहरुलाई विपद्सँग कसरी सामना गर्ने भन्ने सन्दर्भमा तालिम फलदायी भएको विश्वास ब्यक्त गर्दै तालिममा  सिकेका ज्ञानलाइ विपद पर्दा प्रयोग गर्न अनुरोध गरेका थिए।

कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ का  वडा अध्यक्ष श्री कुमार श्रेष्ठले तालिममा सिकेका  ज्ञान  समुदायमा अरुलाई पनि सिकाउन र व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरेका थिए  ।अभ्यासले विपद्मा परेका नागरिकको जीउँधनको सुरक्षामा ठूलो मद्दत पुर्‍याउने छ, उनले भने,‘विपद् कसैलाई सोधेर नआउने भएकाले सबैले सावधानी अपनाउन जरुरी छ। त्यसैका लागि सो तालिम आयोजना गरिएको प्रष्ट पारेका थिए  ।    उक्त तालिममा सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको   थियो ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।