मानव बेचविखन विरूद्ध योगदान दिने विश्वास नेपाललाई सम्मान

मानव बेचविखन विरूद्ध योगदान दिने विश्वास नेपाललाई सम्मान

कपन अनलाइन
काठमाडौं, भदौ ३१।

मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पुर्याएकोमा विश्वास नेपाललाई  सम्मान गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा बुधवार आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहले संस्था की अध्यक्ष तारा भण्डारीलाई सम्मानपत्र प्रदान गरेकी हुन्  ।

मानव बिचविखन विरूद्धको दिवसमा गत वर्ष घोषणा गरिएको सम्मानपत्र कोरोनाको कारण प्रदान गर्न सकिएको थिएन, यसैवर्ष गत वर्ष र यस वर्ष घोषणा गरिएको सो मन्त्रालयका मानव बेचविखन तथा ओसारपसार नियन्त्रण शाखाका प्रमुख मिना पौडेलले जानकारी दिएका छन ।
बाल दिवसको सन्दर्भमा विश्वास नेपाल अन्तरगत गठित आवाज बाल क्लव र एकता क्लवमा आवद्ध बालबालिकाबीच हाजिरी जवाफ, बालगीत, कविता र नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो ।
बालबालिका स्वस्फुर्त रूपमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रस्तुती दिन सफल बालबालिकालाई पुरस्कृत पनि गरिएको थियो ।
रेष्टुरेण्टका श्रमिकको हक, हितका लागि कार्यरत सो संस्थाको सातौं अधिवेशन तथा १४ औं साधारणसभाले सर्वसम्मतीबाट नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको अध्यक्ष तारा भण्डारी, उपाध्यक्ष सवि शाह, सचिव बबिता थापामगर, कोषाध्यक्ष कान्छीमाया तामाङ, र सदस्यहरूमा सविना पन्थ, सुनिता तामाङ र रितु मगर चयन भएका छन  ।
सो अवसरमा संस्थाको सल्लाहकारहरू बेनुमाया गुरूङ, विमल भेटवाल, उमा तामाङ, देवीप्रसाद लगायत पाँच जनालाई  चयन गरिएको   तारा भण्डारीले जानकारी दिएकी छन ।

तपाइँको प्रतिक्रिया ।