सपना तिर्थ बहुउद्देश्यीय सहकारी संस्थाको १५ औ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

सपना तिर्थ बहुउद्देश्यीय सहकारी संस्थाको १५ औ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन
कपन अनलाइन
काठमाडौं, भदौ ३१/ नविना श्रेष्ठ
टोखा नगरपालिका वडा नं २ टोखा सपनतीर्थ बहुउद्देश्य सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा  सम्पन्न भएको छ।टोखाको बिएल भ्वय:च्छेमा विश्वराज श्रेष्ठको अध्यक्षतामा भएको  कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सिंह राज श्रेष्ठ, विशिष्ट अतिथि टोखा नगरपालिका वडा नम्बर २  का अध्यक्ष दीपकराज जोशी रहेका थिए ।
सपनतीर्थ बहुउद्देश्यिय सहकारीले  प्रदेश ३ नं का सम्पूर्ण १३ जिल्लाकै उत्कृष्ट बहुउद्देशिय सहकारीको  सम्मान  र ६४ औं सहकारी दिवसको उपलक्ष्यमा टोखा नगरपालिकाद्वारा आयोजित कार्यक्रममा नगरपालिका भित्र सञ्चालित सरकारी संस्थाहरु मध्ये सबैभन्दा बढी कर तिर्ने सहकारी संस्थाका रुपमा पहिचान पाएको छ ।
गत वर्ष सम्पन्न र चालु आ.ब.का मुख्य योजनाहरु :
१.  रक्तदान कार्यक्रमको निरन्तरता ।
२. पौष्टिक आहार वितरण कोभिड-१९ कोरोना भाइरस संक्रमित संस्थाका शेयर सदस्यहरुलाई राहात हिसाबले पौष्टिक आहारको प्याकेज घर घर पुर्याएर सहयोग ।
३. छात्रवृत्तिमा अध्ययनको अवसर दिने स्थानीय क्षेत्रका जेहेन्दार र विपन्न अवस्थाका छात्र छात्राहरुलाई निश्चित आधारमा मापदण्डका आधारमा प्रत्येक कक्षाका लागि छात्र १ र छात्रा १ गरी दुई जनाको दरले छात्रवृत्तिका लागि छनौट गरी संस्थाले विद्यालय ओएसिस पब्लिक एकेडेमीमा निःशुल्क अध्ययनको अवसर दिने।
४. जग्गा खरिद तथा नामसारि विगतको बार्षिक साधारण सभाको निर्णय बमोजिम संस्थाको प्रयोजनको निम्ति खरिद्र भएका तपसिल बमोजिमका किता जग्गाहरु संस्थाकै नाममा स्वामित्व कायम हुने रजिष्ट्राशन पारित गरिलिने काम सम्पन्न गरियो।
५. शोक प्रस्ताव पारित संस्थाका शेयर सदस्यहरु टोखा नगरपालिका वडा नं ३ चागल बस्ने पूर्ण डंगोल, धनकुमारी डंगोल, असमयिक निधनमा संस्थाले दुबै मृतात्माको चीर शान्तिको कामना र भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संस्थाको सञ्चालक मितिको नीतिगत निर्णय अनुसार निजका हकवालालाई .रु ५० हजारको राहत सहयोग गरियो।
६. खर्च रकम को अनुमोदन संस्थाको संस्थागत निर्णयबाट निम्न कार्यक्रमका बिल भरपाई बमोजिमका तपसिल खर्च रकम हरुलाई सदर अनुमोदन गर्ने ,
७. पुरस्कृत गर्ने
८. सेवा केन्द्र स्थापना
९. शेयर प्रमाणपत्र वितरण
१०. रेमिटान्स सेवा थप
नयाँ कार्यसमिति :
अध्यक्ष: राज श्रेष्ठ
उपाध्यक्ष : कृष्ण वहादुर श्रेष्ठ
सचिव : बलराम दुलाल
सह-सचिव : श्यामलाल महर्जन
कोषाध्यक्ष : लक्ष्मी श्रेष्ठ
सदस्य :
बाल कृष्ण श्रेष्ठ
सुमित्रा श्रेष्ठ
अस्त नारायण श्रेष्ठ
कमल श्रेष्ठ
हरिभक्त श्रेष्ठ
सरोज डंगोल
तपाइँको प्रतिक्रिया ।