पाँच योजना सहित नेपाली कांग्रेस काठमाण्डौ-४ को प्रतिनिधिमा डा.राजेन्द्र पौडेलको तयारी
कपन अनलाइन
काठमाडौं, भदौ ३१।
काठमाडौं, भदौ ३१।
पाँच योजना सहित नेपाली कांग्रेस काठमाण्डौ-४ को प्रतिनिधिमा लड्ने डा. राजेन्द्र पौडेलको तयारी गरेको बताएका छन।
नेपाल बिद्यार्थी संघ पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस पाेखराका पूर्व सभापति,ईन्जिनियरिङ क्याम्पस पुल्चाेकको सचिवका रुपमा सक्रिय रहिसकेका डा.पौडेलले क्षेत्रीय प्रतिनिधिका रुपमा आफुले खेल्न सक्ने भूमिका र योजना प्रस्तुत गर्दै क्षेत्रीय प्रतिनिधिमा दावी गरेका छन।
के के छन डा. पौडेलका पाँच योजनाहरु ?
१)स्थानिय स्तरमा नेपाली कांग्रेस पार्टीमा आस्थावान सम्पूर्ण बाैद्धिक व्यक्तित्वहरु, प्राध्यापक , डाक्टर, ईन्जिनियर ,वकिल, साहित्यकार एंव समाजसेवीहरु विच संमन्यय गरि उनीहरूकाे बिज्ञतालाई पार्टी सुदृढीकरण एंव बिस्तारमा उपयाेग गर्ने ।
२) पार्टी भित्रका अग्रज व्यक्तित्वकाे सम्मान एंव कार्यकर्ताकाे क्षमतालाई मुल्यांकन गरि स्वस्थ प्रतिष्पर्धाकाे वातावरण बनाउन अभिभावकीय भुमिका प्रदान गर्न प्रयत्न गर्ने ।
३) स्थानिय स्तरमा हुने बिकासलाई दिर्घकालिन र सर्वाेपरी हितका लागि बनाउन स्थानिय स्तरमा बसाेबास गर्ने बिषय बिज्ञकाे सल्लाह सुझाव लिने, उनिहरु संग अन्तर्क्रिया गर्ने परिपाटीकाे बिकास गर्ने ।
४) पार्टीलाई सधै चलायमान बनाउन समय समयमा बिबिध कार्यक्रमहरु जस्तै कार्यकर्ता प्रशिक्षण, गाेष्ठी, सेमीनार आदि गर्न प्रेरित गर्ने र आवस्कयक सहयाेग प्रदान गर्ने ।
५) आफ्नाे क्षेेत्रमा रहेका विषय बिज्ञहरुलाई पार्टीकाे नीति निर्माण तहमा पुर्याउन वा सरकारी निकायमा हुने नियुक्तिहरुमा शिफारिस गर्ने र नियुक्त हुने व्यक्तिले स्थानीय पार्टी ईकाईलाई आर्थिक एंव संगठनातमक सुदृढीकरणका लागि विशेष सहयाेग गर्नु पर्ने परम्परा बसाल्ने ।
तपाइँको प्रतिक्रिया ।