मोटरसाईकल चोरीमा संलग्न २ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

मोटरसाईकल चोरीमा संलग्न २ जना  ट्राफिक प्रहरीको नियन्त्रणमा

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३०।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकल सहित नियन्त्रण गरेको छ ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश ३ -०२-०१२ प ७१९० नम्वरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल  सवार गरिरहेको अवस्थामा गोदावरी न.पा. वडा नं. १० चापागाँउबाट चालकसहित नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा ललितपुर गोदावारी नगरपालिका वडा नं. १० ताखेल बस्ने वर्ष २४ को विजय तामाङ्ग रहेको र थप अनुसन्धान गर्दै जाँदा गोदावारी नगरपालिका वडा नं. ११ चारघरे बस्ने वर्ष २६ को रविन्द्र तामाङ्गलाई समेत प्रकाउ गरीएको  महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२- ०१२ प ७९९७ खुल्न आएको छ ।

उक्त नम्वरको मोटरसाईकल काठमाण्डौ, किर्तिपुर नगरपालिका वडा नं. ३ समलबाट हराएको हुँदा खोजतलास गरी पाउँ भनी काठमाण्डौ किर्तिपुर नगरपालिका वडा ६ बस्ने प्रजोल महर्जनले ट्राफिक महाशाखामा दिएको निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, किर्तिपुर पठाईएको महाशाखाका प्रवक्ता एसपी संजिव शर्मा दासले जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।