टाेखा नगरपालिकामा बाल दिवस मनाइयो

टाेखा नगरपालिकामा बाल दिवस मनाइयो

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३०।

“सामान्य अवस्थामा वा काेभिड महामारी : बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी ”  नारा सहित  टाेखा नगरपालिकामा बाल दिवस मनाइएको छ।

नगरपालिकाको महिला तथा बालबालिका शाखा, शिक्षा तथा खेल शाखाको संयोजकत्वमा राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा टाेखा नगरपालिका वडा न ५ को हेराल्ड कलेज बसुन्धरामा पुरस्कार वितरण तथा सम्मान समारोह सम्पन्न भएको छ।

कार्यक्रमको पहिलो सत्रमा बाल संजालका सदस्य असल कृष्ण दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।कार्यक्रमको बालबालिकाबाट ब्यानर पढि उद्घाटन गरिएको थियोे ।

सामुहिक राष्ट्रिय गानद्वारा शुभारम्भ गरिएको कार्यक्रममा टाेखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले स्वागत मन्तव्य राख्दै बालबालिका भविष्यका कर्णधार हुन् भन्दै उनीहरुलाई असल शिक्षा दिन आमाबुवा, छरछिमेक र समुदायको पनि महात्वपूर्ण भुमिका रहेको बताए।

राष्ट्रिय बाल दिवस २०७८ सन्दर्भमा आयोजित अन्तर विद्यालय बक्तृत्वकलामा प्रथम हुन सफल टाेखा नगरपालिका वडा १ बाैडेश्वर माविका श्रेया अधिकारीले आफ्नो मन्तव्य राखेकी थिइन्  ।

महिला तथा बालबालिका अधिकृत निर्मला रेग्मीले संचालन गरेको  पुरस्कार वितरण कार्यक्रममा अतिथि टाेखा नगरपालिका उप प्रमुख ज्ञानमाया डंगोल,शिक्षा शाखा प्रमुख बाबुराम गौतम,टाेखा नगरपालिका ५ का वडाध्यक्ष जगन्नाथ ढकाल र
टाेखा नगरपालिका ९ का वडाध्यक्ष जोगप्रसाद नेपाल लगायतले संयुक्तरूपमा बाल संजालमा रहि उत्कृष्ट काम गर्ने बाल संजालका १५ जना बालबालिकालाई कदर- पत्रबाट सम्मान गरएको थियो।

नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तराट्रिय प्रतिवद्धता व्यक्त गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ।

तपाइँको प्रतिक्रिया ।