बुढानिलकण्ठ -७ मा नेकपा समाजवादीको केन्द्रीय कार्यालय

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३०।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा केन्द्रीय कार्यालय रहेको  नेकपा (समाजवादी) दर्ता भएको छ । सो पार्टीले निर्वाचन आयोग बाट भाद्र २८ गते  दर्ता प्रमाणपत्रसमेत पाएको छ  ।

बुढानीलकण्ठमा कार्यालय रहेको पार्टीको संयोजक राजु कार्की रहेका छन भने  चुनाव चिन्ह कार रहेको छ।नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबीच एकीकरण गरेर समाजवादी केन्द्र बनाउने चर्चा भैरहेको समयमा संयोजक बाहेक प्रवक्ता रहने ५१ जनाको केन्द्रीय कमिटी रहको   उक्त नामको पार्टी दर्ता भएको हो  ।

तपाइँको प्रतिक्रिया ।