चुनिखेलको बालुवा प्रसोधन केन्द्र बन्द गर्नुपर्छ : नेपाली कांग्रेस बुढानिलकण्ठ-१३

चुनिखेलको बालुवा प्रसोधन केन्द्र बन्द गर्नुपर्छ : नेपाली कांग्रेस बुढानिलकण्ठ-१३

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २९।

नेपाली कांग्रेस बुढानिलकण्ठ-१३ चुनिखेलमा संचालन भैरहेको बालुवा प्रसोधन केन्द्र बन्द गराउनु पर्ने माग गरेको छ। भाद्र २९ गते बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीलाई ज्ञापन पत्र बुझाउदै सो केन्द्र मापदण्ड विपरित भएको भन्दै बन्द गर्न माग गरेको हो।

बुढानिलकण्ठ नगरपालिकाले उक्त बालुवा प्रसोधन केन्द्रलाई स्वीकृति दिने वा नदिने भनेर स्थानीयहरु संग सार्वजनिक सुनुवाई गर्ने घोषणा गरे संगै वडा नं १३ का सभापति महेन्द्र श्रेष्ठको नेतृत्वमा नगरपालिका पुगेको नेपाली कांग्रेसको टोलीले वडाको सांस्कृतिक , पर्यावरणीय र सामाजिक पक्षलाई ध्यानमा राखेर सो केन्द्र बन्द गराउनु पर्ने माग गरेको थियो।

बिज्ञप्ति :

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।