वडा नं ५ का अध्यक्षको गतिविधि प्रति काठमाण्डौ महानगरपालिकाका कर्मचारीहरुको आपत्ति

वडा नं ५ का अध्यक्षको गतिविधि प्रति काठमाण्डौ महानगरपालिकाका कर्मचारीहरुको आपत्ति

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २९।

काठमाण्डौ महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेस डंगोलले केन्द्रीय कार्यालयमा तोडफोड र गालीगलौच गरेको घटना प्रति चार कर्मचारी संगठनहरुले खेद प्रकट गरेका छन।

भाद्र २५ गते कर्मचारी सरुवा जस्तो सामान्य विषयमा प्रमुख प्रशासकीय अधिकृत,प्रशासन विभाग र महाशाखा प्रमुखका ढोकामा लात्तीले हान्दै गाली गलौच गरेको विषय आपत्ति जनक रहेको भन्दै कर्मचारी संगठनहरुले बिज्ञप्ति जारी गरेर गम्भीर ध्यानाकर्षण भएको बताएका छन।

काठमाण्डौ महानगरवासीको सेवामा अहोरात्र खट्ने कर्मचारीहरुमा अहिले सन्त्रास फैलिएको भन्दै सो बिज्ञप्तिमा यस्ता खाले गुरिल्ला शैलीका आक्रमणलाई डटेर निस्तेज पारिने उल्लेख गरिएको छ।

सो बिज्ञप्तिमा काठमाण्डौ महानगरपालिका स्थानीय तह कर्मचारी संघका अध्यक्ष शम्भु बराल, नेपाल सफाई कर्मचारी युनियनका अध्यक्ष मचाबाबू मालाकार ,रास्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष खड्गमान श्रेष्ठ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष बलराम रानाभाटले हस्ताक्षर गरेका छन।

बिज्ञप्ति :

तपाइँको प्रतिक्रिया ।