अनेम संघ काठमाण्डौ महानगर कमिटी गठन,ज्ञानु महर्जनको नेतृत्वमा ६५ सदस्यीय कमिटी चयन

अनेम संघ काठमाण्डौ महानगर कमिटी गठन,ज्ञानु महर्जनको नेतृत्वमा ६५ सदस्यीय कमिटी चयन

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २९।

अखिल नेपाल महिला संघ काठमाण्डौ महानगर कमिटी गठन गरिएको छ। अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष थममाया थापाको प्रमुख आतिथ्यतामा भएको भेलाले ज्ञानु महर्जनको नेतृत्वमा ६५ सदस्यीय कमिटी चयन गरेको हो।

केन्द्रीय कमिटी सदस्य तथा  महानगर ईन्चार्ज  नारायण सिलवाल , अनेमसंघ काठमाण्डाै ईन्चार्ज रत्न गुरुङ , महानगर ईन्चार्ज मीना काफ्ले, जिल्ला संयाेजक सरिता दाहाल र पार्टी महानगर अध्यक्ष निर्मल देउलाले संबोधन गरेको उक्त उक्त भेलाको अध्यक्षता सृजना भेटवालले गरेकी थिइन्।

अनेम संघकी हुमा आचार्यले संचालन गरेको कार्यक्रममा बोल्दै वक्ताहरुले संगठन निर्माण र विस्तारलाई जोड दिनका लागि निर्देशन दिएका थिए।

तपाइँको प्रतिक्रिया ।