जिवन तिमी जीउनु सधै हौसला भरेर : हरिप्रसाद सिग्देल (कविता )

जिवन तिमी जीउनु सधै हौसला भरेर : हरिप्रसाद सिग्देल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २८।

ऋृतुहरुले झै आफ्नो महत्व बोकेर

बिहानीको किरण झै उज्यालो छरेर

 

ताराहरु विचको जुन झै चम्किलो बनेर

प्रकृतिसँग धैर्यताले हातेमालो गरेर

 

आगो,पानी जमीन हावा झै साथी भएर

पृथ्वी झै रहिदिनु अटल संयोग बनेर

 

जोश र जाँगर लगाउनु मेहनत गरेर

सफलताको शिखर चुम्ने अठोट गरेर

 

लम्काउनु पाईला सँधै अगाडी हेरेर

बितेकापलहरु सँगेट्दै इतिहास कोरेर

 

आकाशको झै फराकिलो छाती गरेर

मानवताको लागि संघर्ष गर्नु मान्छे भएर

 

निराशालाई आाशाको किरणले भरेर

जिवन तिमी जीउनु सधै हौसला भरेर ।

(कवी सिग्देल सिन्धुपाल्चोक जिल्ला सिन्धुकोट निवासी हुन् )

तपाइँको प्रतिक्रिया ।