गोकर्णेश्वर ४ मा युवालक्षित चारदिने सामुदायिक विपद् प्रतिकार्य तालिम शुरु

गोकर्णेश्वर ४ मा युवालक्षित चारदिने सामुदायिक विपद् प्रतिकार्य तालिम शुरु

कपन अनलाइन

काठमाडौं, भाद्र २८ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा युवालक्षित चारदिने सामुदायिक विपद् प्रतिकार्य तालिम शुरु भएको छ । युवालाई समाजमा आइपर्ने विपदको प्रतिकार्य गर्नको लागि ज्ञान हासिल गराउने उद्देश्यसहित आइतबार देखि सुरुभएको तालिममा उक्त वडाका ३८  जना युवा सहभागी भएका  छन् ।  गोकर्णेश्वर नगरपालिका वडा नं ४  को  आयोजना र  नं १  बिपत व्यवस्थापन गण सुन्दरीजलको   संयोजनमा भएको तालिममा सहभागी युवालाईनं १  बिपत व्यवस्थापन गण सुन्दरीजलका  प्रशिक्षकले प्रशिक्षण दिनेछन् ।

तालिममा विपद्का बेला बाहिरी रेस्कु टिम नपुग्दासम्मको लागि स्थानीयस्तरमा स्थानीय सामग्रीको प्रयोग गरेर गर्न सकिने विपद् प्रतिकार्यको बारेमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइनेछ । तालिम उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले तालिममा ज्ञान हासिल गरेपछि समुदायमा अरुलाई पनि सिकाउन र व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरेका थिए  ।

कार्यक्रममा वडा अध्यक्ष श्री कुमार श्रेष्ठ , वडा सदस्य बाल कृष्ण  श्रेष्ठ ,लगायतले युवाहरूको सक्रियाताबाट समाजमा परेका  बिपत व्यवस्थापन हुने भएकाले जस्तोसुकै विपद्मा युवाहरू अविचलित भएर सेवा गर्न आग्रह गरेका थिए  । कार्यक्रम औचित्यताबारे प्रस्टपार्दै प्रशिक्षकले तालिममा दुर्घटनामा परेका व्यक्तिको प्राथमिक उपचार, बाढी, पहिरो, आगलागी, भूकम्पजस्ता विपद्मा गरिने प्रतिकार्यको बारेमा प्रशिक्षार्थीलाई प्रशिक्षण दिइने जानकारी दिएका थिए  । कार्यक्रम संचालन शर्मिला भट्ट कोइरालाले गरेकी थिइन।

तपाइँको प्रतिक्रिया ।