बुढानिलकण्ठको नागरिक मार्ट र रैथाने एग्री प्रडक्ट नेपाल बिच सम्झौता

बुढानिलकण्ठको नागरिक मार्ट र रैथाने एग्री प्रडक्ट नेपाल बिच सम्झौता

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २८।

नागरिक मार्ट बुढानिलकण्ठ -१० बालुवाखानी  र रैथाने एग्री प्रडक्ट नेपाल बीच नेपालका विभिन्न स्थानमा उत्पादन हुने अर्गानिक खाद्य सामग्रीहरु बिक्री वितरण गर्ने गरी   सम्झौता  (MOU) गरिएको छ  ।

नागरिक बहुउद्देश्यीय सहकारी संस्थाको तर्फबाट अध्यक्ष विष्णु चन्द्र अधिकारी र रैथाने एग्री प्रडक्ट नेपालका प्रबन्ध निर्देशक  शंकर प्रसाद गौतमले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

अब उप्रान्त बुढानिलकण्ठ नगरपालिका वार्ड नम्बर १० का उपभोक्ताहरूले  आफ्नै देशमा उत्पादित अर्गानिक खाद्य सामग्रीहरु उपभोग गर्न पाउने नागरिक बहुउद्देश्यीय सहकारी संस्था विष्णु चन्द्र अधिकारीले बताएका छन ।

यस सम्झौताले नागरिक बहुउद्देश्यीय सहकारी संस्थाले अगाडि सारेको उपभोक्तालाई नागरिक मार्टको मालिक बनाउने अभियानमा कोसेढुङ्गा हुने अधिकारीले विस्वास व्यक्त गरेका छन ।

नागरिक बहुउद्देश्यीय सहकारी संस्थाले वडा नं १० को आकाशेधरा र बालुवाखानीमा नागरिक मार्ट संचालन गर्दै आएको छ।

यो पनि पढनुहोस् :

https://kapanonline.com/archives/121030

तपाइँको प्रतिक्रिया ।