बुढानिलकण्ठमा नागरिक सहुलियत पसल “नागरिक मार्ट”,उपभोक्ताले ५० प्रतिसत मुनाफा पाउने

कपन अनलाइन
काठमाण्डौ ,भाद्र १४ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित आकासेधारा र बालुवाखानीमा रहेको ‘नागरिक मार्ट’ ले उपभोक्ताका लागि  मार्टमा सामान किन्दा खुद नाफाबाट ५० प्रतिशत उपभोक्ताकै नाममा जम्मा गर्ने विशेष योजना ल्याएको छ ।

नागरिक बहुउद्देश्यीय सहकारीले संचालन गरेको  सो मार्टले बिना कुनै लगानी उपभोक्तालाई मुनाफामा सामेल गराउनका लागि सो योजना संचालनमा ल्याएको जानकारी दिएको छ ।

‘समृद्ध नागरिक अभियान’ अन्तर्गत सो मार्टमा दैनिक उपभोग्य वस्तु दाल, चामल, तरकारी, कस्मेटिक्स लगायत उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण सामान एकै थलोमा पाइने सहकारीका अध्यक्ष विष्णु चन्द्र अधिकारीले   जानकारी दिएका छन।

संस्थाका अध्यक्ष विष्णु चन्द्र अधिकारीको सन्देस :

 समृद्ध नागरिक एउटा यस्तो अभियान हो जसले तपाईंको समयको महत्त्वलाई मध्य नजर गरि सहि ठाउमा सहि समयमा सहि निर्णय गरि तपाईंले कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न प्रेरणा दिनेछ ।
विशेष गरि तपाईंको आर्थिक समृद्धि, सुखी र खुशी परिवार बनाउन यस अभियानले मद्दत गर्द्छ । आर्थिक समृद्धिको कुरा गर्दा यस अभियानले तपाईंको दैनिक हुने खर्चबाट नै आम्दानी बढाउने छ । जस्तै तपाईंले दैनिक उपभोग्य वस्तु दाल , चामल , तरकारी , लत्ताकपडा , कस्मेटिक्स आदि इत्यादि सामान खरिद गर्दा एउटा व्यापारीले तपाईंबाट रु १५०० नाफा कमाउछ भने यस अभियानले त्यो नाफा तपाईंको भागमा पनि ५०% आउने बनाउदछ ।
यो अभियान भित्र यस्तै यस्ता धेरै कुराहरु छन् जसले तपाईंलाई विना कुनै लगानी आर्थिक समृद्धि बनाउदै नागरिक बहुउद्देश्यीय सहकारीकोको मालिक सम्म बनाउनेछ ।
जब तपाईंको आर्थिक समृद्ध हुन्छ तब तपाईंको परिवार सुखी परिवारमा परिणत हुन्छ । सुखी परिवारलाई खुशी परिवारमा परिणत गर्न यस अभियानले विभिन्न सामाजिक कार्यमा सहभागी गराउने , व्यक्तित्व विकाशको विभिन्न प्रशिक्षणहरु दिने , बालबालिका तथा युवा युवतीहरुलाई सामाजिक उत्तरदायित्वको भावनाको विकासका कार्यहरू गर्ने गराउने जसले गर्दा कोहि पनि कुलत वा अनैतिक कार्यमा फस्न पाउदैन र परिवारमा सदा खुसी छाइरहन्छ ।
यी माथि भनिएका उदेश्यहरु प्राप्त गर्न आकासेधारामा सहुलियत पसल र आउने हप्तामा बुढानिलकण्ठ नगरपालिका वडा नं १०, बालुवाखानीमा नागरिक सहुलियत पसल ( नागरिक मार्ट ) सञ्चालनमा आउने छ ।
तपाइँको प्रतिक्रिया ।