कागेश्वरी मनोहरा नगरपालिकाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्यो

कागेश्वरी मनोहरा नगरपालिकाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्यो

कपन अनलाइन

काठमाडौं, भाद्र २८ । सामान्य अवस्था वा कोभिड महामारी: बाल अधिकार संरक्षण हामि सबैको जिम्मेवारी भन्ने मूल नाराको साथमा कागेश्वरी मनोहरा नगरपालिकाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ ।राष्ट्रिय बाल दिवसको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखाको  आयोजनामा  कागेश्वरी मनोहरा मनोहरा नगरपालिका वडा नं १ गागलमा रहेको बाल उद्दार माबीमा कागेश्वरी मनोहरा नगरपालिका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगर प्रमुख थापा संगै उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, नगर प्रवक्ता राजाराम पुडासैनी र वडा नं.१ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेल लगायतले  शैक्षिक सामाग्री बितरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै  नगर प्रमुख थापाले बालबालिकाको हक, अधिकार सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउदै बालबालिकाको शैक्षिक विकासका लागि नगरपालिकाले शैक्षिक सामाग्री सहयोग गरेको बताएका थिए ।उनले सो  बिध्यालयलाई भिन्न तरिकाबाट संचालन गर्न खोजेको बताउदै  उक्त ठाँउलाई पर्यटकिय क्षेत्रकों रुपमा समेत बिकास गर्ने र बिध्यालय लाई पर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य  राख्दै वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेलले संबिधानले ग्यारेण्टी गरेको बालअधिकार र अभिभावकको कर्तब्यको बारेमा जानकारी गराएका थिए ।कार्यक्रममा  नगर प्रवक्ता राजाराम पुडासैनी, वडा नं.१ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेल लगायत शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।