कागेश्वरी मनोहरा नगरपालिकामा ९० हजार ६ सय ९७ जनाले कोरोना विरुद्धको खोप लगाए

कपन अनलाइन

काठमाडौँ,  भाद्र २८ । कागेश्वरी मनोहरा नगरपालिकामा ९० हजार ६ सय ९७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।नगरपालिकाले २०७७ फागुन २३ गते देखि २०७८ भाद्र २० गते सम्म नगर भित्रका बिभिन्न स्वास्थ्य शाखाहरुबाट सो मात्राको खोप लगाएको हो ।कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरी थापाका अनुसार  अनुसार, सबैभन्दा धेरै भेरोसेल खोप  ६९ हजार ५ सय ९८ जनाले लगाएका छन् । पहिलो डोज लगाउनेको संख्या ४९ हजार २ सय २८ रहेको छ भने, दोस्रो डोज लगाउनेको संख्या २० हजार ३ सय १६ रहेको छ ।

त्यस्तै अस्ट्राजेनेका खोपको पहिलो डोज लगाउने १० हजार १ सय ५६ रहेका छन् भने दोस्रो डोज लगाउने २ हजार २ सय ८३ रहेका छन् ।
नगरपालिकामा कोभिसिल्ड खोपको पहिलो डोज लगाउने २ हजार २ सय ६० जना रहेका छन । यस्तै जोनसन एण्ड जोनसन खोपको पहिलो डोज लगाउने ६ हजार ४ सय रहेका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।