कीर्तिपुर नगरपालिकामा चित्रकला प्रतियोगिता सम्पन्न

कीर्तिपुर नगरपालिकामा चित्रकला प्रतियोगिता सम्पन्न

कपन अनलाइन

कीर्तिपुर, भाद्र २८ । कीर्तिपुर नगरपालिकामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय बाल दिवस २०७८ को सन्दर्भमा  कीर्तिपुर नगरपालिका वडा नं. ३ कार्यालय र बाल क्लब सञ्जालको अयोजना तथा बाल विकास सामाज र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा शुक्रबार चित्रकला प्रतियोगिता सम्पन्न भएको हो  ।

कीर्तिपुर नगरपालिका वडा नं. १ स्थित हिलटाउन स्कुलमा भएको चित्रकला प्रतियोगितामा ८ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरूलाई “बाल हिंसा र बाल दुव्र्यवहार” तथा १५ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरूलाई “बाल आवाज, अधिकार र कर्तव्य” शिर्षकमा चित्रहरू कोर्न लगाइएको थियो ।चित्रकला प्रतियोगितामा सफल भएका तथा सहभागि सबै बालबालिकाहरूलाई वडा नं. ३ का सदस्यहरू नन्ददेवी महर्जन, मिलन महर्जन र ज्ञानप्रसाद महर्जनले पुरस्कार प्रदान गरेका थिए ।

फोटो नगर संदेश

 

तपाइँको प्रतिक्रिया ।