कोरोना विरुद्धको खोप लगाउन खोप केन्द्रसम्म जान नसक्नेहरुलाई गोकर्णेश्वर ४ को घर दैलो सेवा

कोरोना विरुद्धको खोप लगाउन खोप केन्द्रसम्म जान नसक्नेहरुलाई गोकर्णेश्वर ४ को घर दैलो सेवा

कपन अनलाइन 

काठमाडौं ,भाद्र २६। गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले कोरोनाविरुद्धको खोप लगाउन खोप केन्द्रसम्म जान नसक्ने ८० बर्ष माथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्त व्यक्तिहरूलाई घरमा नै खोप सेवा उपलब्ध गराएको छ । केहि दिन अघि वडाले कोरोनाविरुद्धको खोप लगाउन खोप केन्द्रसम्म जान नसक्ने ८० बर्ष माथिका  ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्त व्यक्तिहरूको बिवरण संकलन गरेको थियो, त्यसैको आधारमा घरमा नै पुगेर खोप लगाएको वडा  अध्यक्ष श्रीकुमार श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए।

कार्यक्रममा   नगरपालिकाका स्वास्थ्य  शाखाका कर्मचारी स्वास्थ्य स्वयं सेविका    लगायत स्वास्थ्यकर्मीको टोलीले वडा नम्बर ४ का   खोप लगाउन खोप केन्द्रसम्म जान नसक्ने ८० बर्ष माथिका  ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्त व्यक्तिहरूलाई घरमै पुगी खोप सेवा प्रदान गरेको हो वडाले खोप केन्द्रसम्म जान नसक्ने ८० बर्ष माथिका  ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्त व्यक्तिहरूलाई वडामा नाम लेखाउन  वडा अध्यक्ष श्री कुमार  श्रेष्ठले अनुरोध गरेका छन

तपाइँको प्रतिक्रिया ।