कोभिडको कारणले रोकिएको सङ्गम टोल सुधार समिति गोकर्णेश्वर ८ को नियमित सरसफाई अभियान सुचारु

कोभिडको कारणले रोकिएको सङ्गम टोल सुधार समिति गोकर्णेश्वर ८ को नियमित सरसफाई अभियान सुचारु

कपन अनलाइन

काठमाडौं भाद्र २६ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको सङ्गम टोल सुधार समितिले आज बाट पुन  नियमित  टोल सरसफाई अभियान सुचारु  भएको  छ। कोभीड का कारण बन्द रहेको सङ्गम टोल नियमित सरसफाइ कार्यक्रमलाई दुई वर्ष पछि पुन आज  बाट सुरुवात गरिएको   समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी गराए  ।

  उक्त सरसफाई कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एवम् वडा न ८ का अध्यक्ष मनोज कुमार ढुंगाना. वडा सदस्य नन्दलाल श्रेष्ठको समेत सहभागिता रहेको थियो  संगम टोल सुधार समितिका अध्यक्ष प्रकाश अधिकारीको नेतृत्वमा प्रत्येक हप्ता सरसफाईको कार्य हुदै आएको छ। करिब दुइ वर्ष देखि निरन्तर रुपमा प्रतेक हप्ताको शनिबार सरसफाई गर्दै आएको संगम टोल सुधार समितिले बिभिन्न सामाजिक क्रियाकलाप पनि गर्दै आएको छ ।फुटेर होइन जुटेर काम गर्यो भने जे पनि सम्भब हुने  उदाहरण को रुपमा संगम टोल सुधार समितिलाई लिन सकिन्छ।

टोल भित्रको विकास निर्माण , सरसफाई , सुरक्षा तथा आपसी एकतालाई दरिलो वनाउने अभिप्रायले गठन भएको सो समितिले आफनो स्थापनाकाल देखिनै एक शसक्त टोल सुधार समितिको रुपमा आफुलाई उभ्याउन सफल भएको छ । टोलवासीको सक्रियतापूर्वकको सहयोगका कारणले हालसम्म  समितिले निम्न कार्य समेत सम्पन्न गरेको   अध्यक्ष प्रकाश अधिकारीले कपन अनलाइनलाइ जानकारी गराए ।
संगम टोल सुधार समितिले हालसम्म गरेका केहि प्रयासहरु
१) संगम प्रवेशद्धारको निर्माण

२। प्रत्येक घरमा घर नम्वर राख्ने कार्य सम्पन्न
३ ) सडक वत्तिको व्यवस्था

४) विद्युत पोलमा सुधार

५) १५० मिटर वाटोमा व्लक छाप्ने कार्य सम्पन्न
६)वडा प्रतिनिधि तथा स्थानिय प्रहरी संग सुरक्षा सम्वन्धमा समय समयमा छलफल
७) फोहोर मैला व्यवस्थापनको लागि विभिन्न समयमा तालिम
८ )प्रत्येक शनिवार विहान ७ वजे टोल सरसफाई अविछिन्न रुपमा स्थापनाकाल देखिनै संचालित
९) टोलवासीलाई परेका हरेक सामुहिक समस्यामा एकतावद्ध सहयोग
१०) लागूपदार्थ निषेधित क्षेत्र वनाउन प्रयासरत

११) कोरोना महामारी नियन्त्रणको लागि जनचेतना, मास्क स्यानीटाइजर बितरण

१२) कोरोना बिरुद्द खोप लगाउन उत्प्रेरित गर्दै आएको  छ ।

तपाइँको प्रतिक्रिया ।