ग्राम निर्माण बन्धु मण्डल क्लब गोकर्णेश्वर ९ द्वारा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न

ग्राम निर्माण बन्धु मण्डल क्लब गोकर्णेश्वर ९ द्वारा आयोजित  बृहत रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं भाद्र २६ ।गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबरिमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ग्राम निर्माण बन्धु मण्डल क्लबको आयोजना तथा गोकर्णेश्वर नगरपालिका वडा नं ९ को सहयोगमा आज आज  शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित  क्लब प्रांगणमा भक्तपुर रक्तसंचार केन्द्रको प्राबिधिक सहयोगमा  बिहान ११ बजे देखि अपरान्ह ४  बजे सम्म सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवर बाट संचालन  भएको उक्त कार्यक्रममा ६१  जना रक्तदाताले रक्तदान गरेको  गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले कपन अनलाइनलाइ  जानकारी गराए । रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित  क्लबको बार्षिक कार्यक्रम अनुसार  उक्त कार्यक्रम आयोजना गरिएको हो ।

  छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल  अवस्थामा पनि  धेरैजनाले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायत अन्य कारणले गर्दा ६१ जनाले मात्र रक्तदान गरेको क्लबका अध्यक्ष दिपक रिसालले  जानकारी गराउदै बिषम परिस्थितिमा समेत स्वतःस्फुर्त रुपमा सहभागि भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई आयोजकको तर्फ बाट उनले धन्यबाद दिएका छन । कार्यक्रममा ब्लोदान गोकर्णेश्वरनगर समितिका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो । रक्तदाताहरुलाई  गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा लगायतले प्रसंशा पत्र प्रदान गरेका थिए ।ग्राम निर्माण बन्धु मण्डल क्लब पुरानो क्लब हो जो सामाजिक क्रियाकलापमा उत्तिकै सक्रिय रहेको छ ।

तपाइँको प्रतिक्रिया ।