गजल : गंगा कुमारी रराई सुम्निमा
कपन अनलाइन
काठमाण्डौ.भाद्र २६।
सबैले मलाई चिन्ने मेरो नाम फेर्दैछु ।
सुनौलो यो संसार देख्न घाम फेर्दैछु ।
हिजोजस्तै आज पनि भोली उस्तै होला,
परिवर्तित बन्न लागि मनको घाम फेर्दैछु ।
गुजारामा गरिब–सोझाको हिसाव हुदैन,
निसाफले ठुला–साना इन्तिजाम फेर्दैछु ।
जसको जस्तो नियत रहेनि मतलव नगरि,
तिर्नुपर्ने जीवनको सामान्य दाम फेर्दैछु ।
सकारात्मक नदिमा सफलताको नाउँ तर्न,
जीवनयापन जस्तो रहोस् काम फेर्दैछु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।