विपी जयन्तिमा सुन्दरीजलबाट नेपाली कांग्रेस काठमाण्डौको सभापतिमा राजु श्रेष्ठको उम्मेदवारी
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २५।
विपी जयन्तिमा सुन्दरीजलबाट राजु श्रेष्ठले नेपाली कांग्रेस काठमाण्डौको सभापतिमा लड्ने घोषणा गरेका छन । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकास शर्मा संगै विपी संग्राहालय सुन्दरीजल बाट श्रेष्ठले काठमाण्डौ जिल्लाको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन।
बिपी जयन्तिको दिन नेपाली कांग्रेसका संस्थापक नेताहरुले ८ वर्ष जेल जीवन बिताएको बिपी संग्रहालय पुगेर नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का सभापति रहेका श्रेष्ठले विपी कोइरालाको शालिकमा माल्यार्पण र वृक्षारोपण गर्दै उम्मेदवारी घोषणा गरेका हुन।
बुढानिलकण्ठ क्षेत्र विकास समिति लगायत विभिन्न संघ संस्थामा योगदान दिएका श्रेष्ठ काठमाण्डौको उत्तरी क्षेत्रमा खेलकुद ,आध्यात्म र समाजसेवामा पनि सक्रिय रहेका छन।
नेपाली कांग्रेसका नेताहरुको योगदानको स्मरण गर्दै एक पटक मात्र जिल्ला सभापति बन्ने बताएका श्रेष्ठले आफु सधै सेवामुखी राजनीतिलाई प्राथमिकतामा राख्ने धारणा राखेका छन।