Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/241500129_401792064656982_2837767234588533407_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा शनिबार बृहत रक्तदान हुने

कपन अनलाइन

काठमाडौं, भाद्र २५। गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा  बृहत रक्तदान कार्यक्रम हुने भएको छ । ग्राम निर्माण बन्धु  मण्डल क्लबको आयोजना तथा गोकर्णेश्वर नगरपालिका वडा नं ९ को सहयोगमा  भाद्र २६ गते  शनिबार आरुबारी क्लब प्रांगणमामा बिहान ११बजे देखि अपरान्ह ४ बजे सम्म  आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले  संचालन गर्न लागिएको सो रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरि मानवीय पुण्य आर्जन गर्न आयोजकले  अनुरोध गरेका छन ।

रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित आयोजना गर्न लागिएको उक्त  रक्तदान कार्यक्रममा इच्छुक स्वस्थ ब्यक्तिहरुलाइ रक्तदान गर्न  वडा अध्यक्ष राजिब थापाले अनुरोध गरेका छन।

तपाइँको प्रतिक्रिया ।