ढुंगेधारा सेरोफेरो महिला समूह गोकर्णेश्वर ९ द्वारा आयोजित बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ढुंगेधारा सेरोफेरो महिला समूह गोकर्णेश्वर ९ द्वारा आयोजित  बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, भाद्र २५। गोकर्णेश्वर नगरपालिका वडा ९मा रहेको ढुंगेधारा सेरोफेरो महिला समूहको आयोजनामा दुइ दिने बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।  बुधबार मामाघर खाजाघरमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा उप प्रमुख शान्ती नेपाल,नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा वडा सदस्य गमला परियार, हरिकृष्ण कारंजित नेपाली कांग्रेस ९ नं इकाई समितिका सभापति बुद्दीमान तामाङ,कार्यक्रम संयोजक वडा सदस्यएबम कार्य न्याय पालिका सदस्य  सत्य भामा श्रेष्ठ,लगायत स्थानीय महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता ढुंगेधारा  शेरोफेरो महिला समुहकि अध्यक्ष लक्ष्मी गुरुङले गरेकी थिइन ।

कार्यक्रममा  ढुंगेधारा  शेरोफेरो महिला समुहकि कोषाध्यक्ष भवानी कटुवालले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश परेकी थिइन कार्यक्रममा प्रमुख  अतिथिको रुपमा बोल्दै नगरपालिका प्रमुख सन्तोष  चालिसेले महिलाहरुको महान पर्व हरितालिका तीजको शुभकामना ब्यक्त गर्दै  नगरपालिकाले  महिलाहरुको शशक्तिकरणको लागि  बिभिन्न कार्यक्रम गर्दै आएको बताए। उनले समयअनुसार प्रतिस्पर्धामा सफलता प्राप्त गर्न सक्ने क्षमताको विकास गर्नु नै सशक्तिकरण भएको बताएका थिए। उनले  महिलाहरुले  अवसर पाएको खण्डमा पुरुष जत्तिकै सक्षम रहेको बताएका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नगर उप प्रमुख शान्ती नेपालले आयोजकलाइ धन्यबाद दिदै  उनले  महिलाहरु पनि राजनीतिमा आउनु पर्नेमा जोड दिदै राजनीतिक मुद्दाहरू गुन्जिए पनि सामाजिक व्यवहार, धरातल, दलका नेताहरूको महिला प्रतिनिधित्वप्रतिको सोच र शैली पुरातनै  रहेको बताएकी थिइन । गणतन्त्रमा पनि नेतृत्व तहमा महिलाको उपस्थिति निराशाजनक देखिनुको यो एउटा प्रमुख कारण भएको बताइन ।   नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न सीप विकासका तालिम प्रदान गरिरहेको जानकारी गराएकी थिइन । केहि समय अघि सम्म घरायसी कामकाज र चुलोचौकोमा मात्र सिमित महिलाहरु अहिले नगरपालिकाले प्रदान गरेको सिप मुलक तालिम बाट आर्थिक तथा सामाजिक रुपमा समेत आत्मनिर्भर हुदै गएको बताइन। उनले नगरपालिकाले प्रदान गरेको बिभिन्न तालिम बाट प्राप्त शिप लाइ समुहगत रुपमा  कुटिर उद्योग खोल्नु पर्नेमा जोड दिदै त्यसमा नगरपालिकाले सहयोग गर्ने जानकारी गराएकि थिइन् ।

कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक एबम गोकर्णेश्वर नगरपालिका न्यायपालिका सदस्य सत्य भामा  श्रेष्ठले आर्थिक रुपले पछाडि परेको महिलालाई आत्म निर्भर बनाउने उद्देश्यका साथ महिलाहरुलाइ बिभिन्न समयमा नगर तथा वडाले बिभिन्न तालिमहरु प्रदान गर्दै आएको जानकारी गराएकी थिइन।कार्यक्रममा नेपाली कांग्रेस ९ नं इकाई समितिका सभापति बुद्दीमान तामाङ, गोकर्णेश्वर नगरपालिकाक प्रमुख सल्लाहकार दिपक रिसाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।अध्यक्षताको आसन बाट बोल्दै ढुंगेधारा  शेरोफेरो महिला समुहकि अध्यक्ष लक्ष्मी गुरुङले उपस्थित सबैलाई धन्यवाद दिएकी थिईन ।

तपाइँको प्रतिक्रिया ।