सम्पत्ति शुद्धीकरण मुद्दामा परशुराम बस्नेतले सफाई पाए

सम्पत्ति शुद्धीकरण मुद्दामा परशुराम बस्नेतले सफाई पाए

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २५।

नेपाल  खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतले सम्पत्ति शुद्धीकरण  मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन।

वस्नेतविरुद्ध २०७० जेठमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरिएको थियो। सर्वाेच्च अदालतका न्यायाधीश दिपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासले बिहीबार उनलाई सफाइ दिएको हो।

प्रदेस नं १ खेलकुद परिषदको अध्यक्ष समेत रहेका बस्नेत पछिल्लो समय नेकपा एमालेको खेलकुद सम्वद्ध जनसंगठन नेपाल खेलकुद महासंघमा सक्रिय रहेका छन। युवा संघ नेपालका पुर्व सचिव बस्नेत लामो समय देखि नेकपा एमालेमा सक्रिय रहेका छन ।

 

तपाइँको प्रतिक्रिया ।