सुन्दरीजलबाट विश्वप्रकाश शर्माले घोषणा गरे महामन्त्री पदमा उम्मेदवारी

सुन्दरीजलबाट विश्वप्रकाश शर्माले घोषणा गरे महामन्त्री पदमा उम्मेदवारी

कपन अनलाइन

काठमाडौं भाद्र २४। नेपाली कांग्रेसका प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।कांग्रेसका संस्थापक बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भमा सुन्दरीजल स्थित बिपी संग्राहलय पुगेका शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।  आफूले उम्मेदवारी घोषणा गर्न उपयुक्त समय खोजिरहेको भन्दै उनले आज बीपी कोइरालाको १०८ औं जन्मजयन्तीका अवसरमा सुन्दरीजलमा आयोजित कार्यक्रममा  उम्मेदवारी घोषणा गरेका हुन्।उनले काँग्रेस पार्टीलाई १५ वर्षको संकल्प गराएर निरन्तर तीन पटक चुनाव जिताउन आफूले उम्मेद्वारी घोषणा गरेको दाबी गरे । उनले कांग्रेसले एउटा निर्वाचन जितेपछि दोस्रो निर्वाचन हार्ने गरेको भन्दै १५ वर्षको परिकल्पना नभए कांग्रेसमा पनि सुधार नआउने जिकिर गरे ।महाधिवेशनबाट आएका नेतृत्वले देशको समृद्धिको लागि युवालाई उचित व्यवस्थापन सहित रोजगारको सिर्जना गर्ने र विदेशमा रहेका युवाहरुको मर्मलाई सम्बोधन गर्ने बताएका थिए   ।

१४ औं महाधिवेशनका लागि गगन थापाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन्। महामन्त्रीमै प्रदीप पौडेलले पनि उम्मेदवारी दिने बताउँदै आएका छन्। पार्टी प्रवक्ता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टिममा रहेर राजनीतिमा सक्रिय रहेकाले शर्मालाई बलियो नेताका रुपमा लिइन्छ। त्यसैगरी आजनै काठमाडौं जिल्ला क्षेत्र नं ४ का क्षेत्रीय सभापति राजु श्रेष्ठले पनि जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन।कार्यक्रममा कांग्रेसका प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बीपीको सालिकमा माल्यार्पण सहित उनैले रोपेको कपुरको रुखमा जल अर्पण गरेका थिए भने   उनले संग्राहलय परिसरमा वृक्षारोपण समेत  गरेका थिए।कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं ३ का नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।