नेकपा एमाले काठमाण्डौको भाद्र ३१ गते हुने बृहत प्रशिक्षण भेलाको तयारी बैठक सम्पन्न

नेकपा एमाले काठमाण्डौको भाद्र ३१ गते हुने बृहत प्रशिक्षण भेलाको तयारी बैठक सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २४।

नेकपा एमाले काठमाण्डौको भाद्र ३१ गते हुने बृहत प्रशिक्षण भेलाको तयारी बैठक सम्पन्न भएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईको अध्यक्षतामा जिल्ला पार्टी कार्यालयमा भएको बैठकले उक्त प्रशिक्षणको व्यवस्थापन तथा प्रचार प्रसारका वारेमा छलफल गरिएको थियो।

आजको तयारी बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाण्डौ इन्चार्ज कृष्णगोपाल श्रेष्ठ ,केन्द्रीय सदस्य तथा सह इन्चार्ज रामेश्वर फुयाल र नारायण सिलवाल,काठमाण्डौका १० वटै निर्वाचन क्षेत्रका संयोजक,११ वटा नगरपालिकाका अध्यक्षहरु र नेकपा एमालेका नगर प्रमुखहरुको उपस्थिति रहेको थियो।

नेकपा एमालेका जिल्ला कमिटी सदस्यहरु, महानगर तथा नगर कमिटीका सदस्यहरु, नेकपा एमालेका जनप्रतिनिधिहरु, वडा कमिटीका अध्यक्ष तथा सचिवहरु र जन संगठनका केन्द्र ,प्रदेस ,जिल्ला र नगरका प्रमुखहरुको सहभागितामा हुने उक्त बृहत भेलामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली,महासचिव ईश्वर पोखरेल,उपाध्यक्ष अस्टलक्ष्मी शाक्य र नेता राम बहादुर थापाले विभिन्न विषयमा प्रशिक्षण प्रदान गर्नेछन।

उक्त प्रशिक्षण भेला रास्ट्रिय प्रज्ञा प्रतिष्ठानमा १२ बजे देखि ४ बजे सम्म हुनेछ।

तपाइँको प्रतिक्रिया ।