गोकर्णेश्वर ३मा गएको पहिरोको नगर प्रमुख सन्तोष चालिसे सहितको टोलि द्वारा निरीक्षण
कपन अनलाइन
काठमाडौँ, भाद्र २४। गोकर्णेश्वर नगरपालिका वडा नं ३ प्रगति टोलमा अविरल बर्षाको कारण गएको पहिरोको नगर प्रमुख सन्तोष चालिसे सहितको टोलीले निरीक्षण गरेका छन। भने पहिरोले क्षति पुर्याएको परिवारलाई वडा अध्यक्ष राजेन्द्र भण्डारी र स्थानीय समाज सेवी दिल कुमार श्रेष्ठ(माइला)ले राहत उपलब्ध गराएका छन।
वडा अध्यक्ष ले खाद्यान्न र समाजसेवी दिल कुमार श्रेष्ठ(माइला)ले नगद रु १० हजार प्रदान गरेको स्थानीय हरिबोल बिष्टले जानकारी गराए ।साथै निरीक्षण पश्चात नगर प्रमुख चालिसेले क्षेती भएको स्थान अवलोकन गरी पहिरो रोकथामको लागि प्राविधिक खटाईथप क्षति नहोस भनेर रोकथामको लागि उपाय अपनाइएको पनि जानकारी गराए।
गत २२ गते परेको अविरल बर्षाको कारण गएको पहिरोमा श्याम श्रेष्ठ को घरमा क्षति पुगेको छ उक्त घरमा कोठामा बस्ने अन्दाजी वर्ष १८ कि लक्ष्मी सुनार घाइते भएकी थिइन ।उनको तत्काल महानगरीय प्रहरी प्रभाग गोकर्ण बाट खटिएको टोली र स्थानीय समाज सेवी हरिबोल बिष्ट लगायतको टोलीले उद्दार गरि अस्पताल पुर्याएको थियो ।पहिरोले थप क्षति नहोस् भनेर स्थानीय र नेपाल प्रहरीको सहयोगमा उक्त घरमा बस्ने मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।