सुदूरपश्चिम प्रदेशका स्काउट संरक्षक, प्रमुख स्काउट, संयोजक र सदस्य सचिवको दिक्षान्त
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २४/नविना श्रेष्ठ
सुदूरपश्चिम प्रदेशका स्काउट संरक्षक, प्रमुख स्काउट, संयोजक ,सदस्य सचिव तथा सदस्यहरूलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्काउट दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का प्रमुख स्काउट, कैलाली र कञ्चनपुर जिल्ला अन्तर्गतका विभिन्न स्थानीय स्काउटका संरक्षक संयोजक सदस्य सचिव तथा सदस्यहरु स्काउट दिक्षित भएका हुन ।
भाद्र १८ गते धनगढीमा आयोजित एक समारोहका बीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले प्रदेश प्रमुख स्काउटको रुपमा स्काउट दीक्षा ग्रहण गरे साथमा कैलाली र कञ्चनपुर जिल्ला अन्तर्गतका विभिन्न स्थानीय स्काउटका संरक्षक प्रमुख स्काउट संयोजक सदस्य सचिव र सदस्यहरूलाई भण्डारीले दिक्षान्त एवं सपथ ग्रहण गराएका थिए।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले गर्विलो इतिहास बोकेको पवित्र संस्था नेपाल स्काउट फेरि पनि नयाँ उर्जाका साथ आएकोमा खुशी व्यक्त गर्दै अबका दिनहरुमा धनगढी उपमहानगरपालिका लगायत सुदूरपश्चिम प्रदेश भरिका ८८ वटै पालिकामा अनिवार्य स्काउट अभियान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
त्यसैगरी कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्थानीय सरकारको प्रत्यक्ष सहकार्यमा मात्र स्काउटको विकास र सकरात्मक समाजको निर्माण कार्य गर्न सकिने बताएका थिए ।