दक्षिणढोकामा नेपाल ड्राइभिङ सेन्टरको सुविधा सम्पन्न ड्राइभिङ स्कुल संचालनमा आयो

दक्षिणढोकामा नेपाल ड्राइभिङ सेन्टरको सुविधा सम्पन्न ड्राइभिङ स्कुल संचालनमा आयो

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २४।

नेपाल ड्राइभिङ सेन्टरले  काठमाडौ दक्षिण ढोकामा अत्यधिक सुविधा सम्पन्न ड्राइभिङ स्कुल संचालनमा ल्याएको छ।

काठमाडौ,नेपाल ड्राइभिङ सेन्टरले गोकण्श्वर नगरपालिका वडा नम्बर ७ जोरपाटी – साँखु सडक खण्ड अन्तर्गत दक्षिण ढोकामा १५ करोड भन्दा माथिको लगानीमा सुविधा सम्पन ड्राईभिङ स्कुल संञ्चालनमा आएको हो।

यातायात कार्यालय चाबहिलका प्रमुख ,ट्रफीक प्रहरी लगायतको  उपस्थितिमा ड्राइभिङ सेन्टरका अध्यक्ष सूर्य नेपाललेर ड्राइभिङ स्कुलको शुभारम्भ गरेका थिए।

काठमाडौंमा स्तरिय तथा सुविधा सम्पन ड्राईभिङ सेन्टरको कमि भएको अवस्थामा नेपाल ड्राइभिङ सेन्टरले प्रशिक्षार्थीको मनोभावना र नेपाल सरकारा यातायात व्यवस्था विभागले तय गरेको नियम बमोजिममा रहेर अत्याधुनिक ड्राइभिङ सेन्टर संचालनमा ल्याएको अध्यक्ष नेपालले बताएका छन।

अत्याधिकरुपमा सवारी साधनको चाप बढ्दै गएपनि सवारी चालकहरु योग्य नहुदाँ दुर्घटना बढ्दै जान थालेपछि आफुले दक्ष प्रशिक्षक सहितको ड्राईभिङ सेन्टर संञ्चालनमा ल्याएको सेन्टरका संचालक  नकुल नेपालले जानकारी दिएका छन।

विगत लामो समय देखिले चाबहिलमा ऊँ अस्पताल पछाडि समेत ड्राइभिङ सेन्टर सञ्चालन गर्दै आएको समुहले  विधिवत् रुपमा सञ्चालनमा ल्याएको ड्राइभिङ स्कुलमा करिव २०० भन्दा बढी परिक्षार्थीले लाइसेन्सको ट्रायल दिइसकेका छन।

तपाइँको प्रतिक्रिया ।