शीर्ष नेताहरूमा स्वाइन फ्लूको जोखीधेरै

शीर्ष नेताहरूमा  स्वाइन फ्लूको जोखीधेरै

काठमाडौ, २५ फागुन : मुलुकमा स्वाइन फ्लुको संक्रमण बढ्न थालेपछि चिकित्सकहरूले प्रधानमन्त्री सुशील कोइरालालाई दुई सातासम्म रुघा-खोकी लागेका व्यक्तिसँग नभेट्न सल्लाह दिएका छन् । ब्रोङकाइटिस, दम र क्यान्सर लगायत उपचारका क्रममा रोगप्रतिरोधक क्षमता कमजोर भएका अन्य व्यक्ति समेत सजग रहनु पर्ने विशेषज्ञहले बताएका छन् ।

‘प्रधानमन्त्रीज्युलाई दुई सातासम्म भारतवाट आएका वा मुलुककै रुघा-खोकीको लक्षण भएकाहरुसंग नभेटने सल्लाह दिइएको छ’, प्रधानमन्त्रीका निजी चिकित्सक एवं वरिष्ठ छाती रोग विशेषज्ञ प्रा.डा.करविर नाथ योगीले कान्तिपुरसंग भने, ‘नभेटी नहुने स्थितिमा शंकास्पद व्यक्तिलाई मास्क लगाएर दुई मिटर टाढा राखेरमात्र भेटघाट मिलाउन भनेका छौं ।’

swine-flu

बुढापाका, दम/फोक्सोको रोगी, क्यान्सरका उपचार गराइरहेकाहरु, अंग प्रत्यारोपण गराएकाहरु, मधुमेह, मुटूरोग, मोटापनाको समस्या भएकाहरु, मृगौला रोग, क्षयरोगी, वालवालिका, गर्भवती, एचआएभी संक्रमित, वा अन्य कुनै कारणले रोग प्रतिरोधक क्षमता कम भएकालाइ स्वाइन संक्रमण भए बढी जटिलता देखिने गरेको छ । यस्ता समस्या भएकाहरू स्वाइनलगायतका इन्फुएन्जाको जोखिम समुहमा पर्छन् ।

‘काग्रेस, एमाले एमाओवादी, मधेशवादी लगायत पार्टीका उच्च नेताहरू दीर्घ रोगले पिडित छन’, टेकु अस्पतालका डा.राजेश साहले भने, ‘ती नेतामा स्वाइन संक्रमण कडा रुपमा देखिन सक्ने भएकोले उहाहरुले केहीसातासम्म आफूलाई यो संक्रमणवाट जोगाउने प्रयास गर्नुपर्छ ।’

एमाले अध्यक्ष केपी ओलीले गत बिहीबारदेखी खासै भेटघाट गरेका छैनन् । उनको मृगौला प्रत्यारोपण गरिएकाले रोग प्रतिरोधक क्षमता कम छ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा पटकपटक हृदयाघात भइसकेका नेता हुन् । काग्रेस नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष मोहन वैद्यलगायतका पुरानो दमको समस्या छ । एमाले नेता माधव नेपाल केही अघि निमोनियाले थलिएर विर अस्पतालमा भर्ना भएका थिए । उनीहरू सबैले स्वाइनको संक्रमणबाट जोगिन सतर्क रहनु पर्ने चिकित्सकहरूले बताएका छन् ।

गर्दा संक्रमणको उच्च जोखिम छ । शुक्रराज टोपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरवहादुर पुन भन्छन-‘उहालाई हाल रुघा/खोकीको लक्षण भएकाहरुवाट कडाइका साथ टाढै राख्नु पर्छ । कथंकदाचित दुर्भ्याग्यले स्वाइन संक्रमण भयो भने धेरै जटिल स्थिति देखिन सक्छ ।’

नेताहरुले दिनहु थुप्रै व्यक्ति संग भेटनु पर्ने भएकोले रुघाखोकी जस्ता संक्रमण सर्ने सम्भावना बढी भएको औल्याउदै डा.पुन भन्छन-‘फोक्सोको समस्या भएका नेताहरुलाई रुघा खोकीलगायतका स्वाइन संक्रमण कडा रुपमा देखिन सक्ने भएकोले चनाखो रहनु पर्छ ।’

‘मुलुकका अधिकांश नेता बुढा छन, उहाहरु युवा अवस्थामा चुरोट खाएकोले ब्रोकाइटिस आदि फोक्सोको समस्या छ’, प्रा.डा.योगी भन्छन-‘ब्रोकाइटिस र फोक्सोको अन्य रोग भएकाहरुलाइ स्वाइन फ्लुबाट जोगिनु पर्छ ।’

मुख्यतया स्वास प्रस्वास र मुखवाट निस्किने पानीका थोपाहरुको माध्यमले रुघा खोकी जस्तै सर्ने स्वाइन फ्लुको भाइरस शरिरमा प्रवेस गरेको एक देखी सात दिन सम्ममा लक्षण देखिन सक्छ । यो संक्रमणको लक्षण देखिनु भन्दा २४ घन्टा पहिले देखी आठ दिन पछि सम्म अन्य व्यक्तिलाइ संक्रमण सार्ने खतरा हुन्छ ।

स्वाइनको मुख्य लक्षणमा ज्वरो एक सय डिग्री फरेनहाइट भन्दा बढी आउनुको साथै घाटी दुख्नु, खोकी लाग्नु, नागवाट पानी वग्नु, मांसपेसी/टाउको दुख्नु, थकाइ संगै औषधि सेवन गरे पनि ज्वरो बढदै जानु आदि हुन् ।

तपाइँको प्रतिक्रिया ।