एमाओवादी नेतृत्वको मोर्चा संसदका बैठकमा सहभागी हुने

एमाओवादी नेतृत्वको मोर्चा संसदका  बैठकमा सहभागी हुने

काठमाडौ, २५ फागुन : एमाओवादी नेतृत्वको विपक्षी गठबन्धन सोमबारदेखि व्यवस्थापिका संसद् र संविधानसभाका समितिका बैठकमा सहभागी हुने भएको छ ।

गठबन्धनको आइतबार सिंहदरबारमा बसेको बैठकले व्यवस्थापिका संसद र संविधानसभाका समितिका बैठकमा सहभागी हुने निर्णय गरेको हो । गत माघ ११ गते संविधानसभा बहुमतीय प्रक्रियामा अगाडि बढेपछि विपक्षी गठबन्धन दलका सभासद्हरूले संसद् र संविधानसभाका समितिका बैठक बहिष्कार गर्दै आएका थिए ।

30-dal

यस्तै, बैठकले सत्तापक्ष वार्ताबाट समस्या समाधान गर्न तत्पर नदेखिएको निष्करष समेत निकालेको छ । दलहरूको बैठकमा एमालेका शीर्ष नेताहरू सहभागी नभएको भन्दै बैठकले सत्तापक्ष वार्ताबाट समस्या समाधान गर्नमा इन्मादार नदेखिएको निष्कर्ष निकालेको हो ।

साथै बैठकले फागुन २६ गते अर्थात् मंगलबार दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

गठबन्धनले १२ बुँदे समझदारी, विस्तृत शान्तिसम्झौता, अन्तरिम संविधान, जनआन्दोलन र विभिन्न समुदायसँग भएका सम्झौताको मर्म र भावनाअनुसार सहमतिमा संविधान जारी गर्नुपर्ने अडान राख्दै आएको छ । सत्तापक्षले सहमतिकै आधारमा संविधान जारी गर्ने प्रतिबद्धता जनाएमात्रै औपचारिक वार्ता अगाडि बढाउने निष्कर्षमा गठबन्धनका नेता पुगेका छन् ।

तपाइँको प्रतिक्रिया ।