बुढानिलकण्ठ नगर सभापति छोड्ने गणेश कोइरालाको संकेत,प्रदेस क्षेत्रको सभापतिमा संभावना

बुढानिलकण्ठ नगर सभापति छोड्ने गणेश कोइरालाको संकेत,प्रदेस क्षेत्रको सभापतिमा संभावना

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २२।

नेपाली कांग्रेस बुढानिलकण्ठका नगर सभापति गणेश कोइरालाले नगर सभापति छाड्ने संकेत गरेका छन।

२०७४ शालको स्थानीय निर्वाचनमा आन्तरिक खेलकुद र चलखेलका कारण १३ मध्ये ११ वटा वडा गुमाएर पराजय भोगेको  नेपाली कांग्रेस बुढानिलकण्ठलाई  लामो समय पछी पूर्णता दिन सफल  कोइरालाले अधिवेसन नजिकिदै गर्दा काठमाण्डौ क्षेत्र नं ४ (२ ) प्रदेसको सभापतिमा योगदान दिने संकेत दिएको चर्चा अहिले नगरपालिकामा चलेको छ।

गत निर्वाचनको पराजय र आगामी दिनका योजनालाई प्राथमिकतामा राखेर योजना बनाउने भन्दैपुनर्ताजगी भ्रमण गर्दै सदासयता सहितको सहकार्य मार्फत सदस्यता विस्तार वितरण जस्ता कामलाई अगाडी बढाएका नगर सभापति गणेश कोइरालाले यस पटक भनेको प्रदेस निर्वाचन क्षेत्रमा रहेका ८ वडा र प्रदेस सभा सदस्यमा बिजयी गराउने स्थानको माग नेताहरुलाई गरेको एक नेताले  जानकारी दिएका छन।

बुढानिलकण्ठका केहि युवा नेताहरुको पहलमा समितिले पूर्णता पाए संगै लय समात्ने संकेत देखाएका नगर सभापति कोइरालाले दाइ भन्ने र दाइ बन्ने  परिस्थितिलाई सन्तुलनमा राख्न निकै कस्ट भोगेको बताउदै ति नेताले उनको मागले नेपाली कांग्रेस काठमाण्डौ -४ मा तरंग पैदा गरेको धारणा राखेका छन।

 

तपाइँको प्रतिक्रिया ।