गोकर्णेश्वरका नगर प्रवक्ता ढुंगानाको एक्सन ,प्राबिधिक सहित माकलबारी सानोपुलमा

गोकर्णेश्वरका नगर प्रवक्ता ढुंगानाको  एक्सन  ,प्राबिधिक सहित माकलबारी सानोपुलमा

कपन अनलाइन

काठमाडौँ, भाद्र २२। भाद्र २० गते राति देखि परेको अविरल वर्षाका कारण बागमती नदीमा आएको बाढीले माकलवारीमा रहेको सानो पुलमा  पुर्याएको क्षतिको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगाना सहितको टोलीले  स्थलगत अवलोकन गरेका छन।

नगरपालिकाका  प्राबिधिक सहित वडा सदस्य नन्दलाल श्रेष्ठको समेतको  उपस्थितिमा उक्त  स्थानको अवलोकन गर्नुको साथै तत्काल मर्मत को लागि पहल गर्ने जानकारी गराएका थिए भने पानीको सतह नघटे सम्मजोखिम कायमै रहेको भन्दै  ठुला सवारी साधन उक्त पुल बाट आवतजावत गर्नमा रोक लगाउन अनुरोध गरेका थिए  ।

रातभरको वर्षाले गर्दा बागमती नदीमा आएको बाढीले गोकर्णेश्वर – ८  को माकलवारीमा रहेको सानो पुलमा क्षेती पुर्याएको छ भने अन्य स्थानमा पनि असर गरेको छ। उनीहरुले वडा नं ८ मा अविरल बर्षाको कारण आएको बाढीले डुबान मा परेको बस्ति र पहिरोले पुर्याएको क्षतिको जानकारी लिदै पहिरो रोकथामको लागि   तत्काल गर्न सकिने  कामहरु गर्ने जानकारी गराएका थिए ।

तपाइँको प्रतिक्रिया ।