यज्ञराज,किशोर रअम्बिरबाबु एक मन्चमा : ओखलढुंगाका नेता कार्यकर्ताहरुमा उत्साह

यज्ञराज,किशोर रअम्बिरबाबु एक मन्चमा : ओखलढुंगाका नेता कार्यकर्ताहरुमा उत्साह

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २२।

नेकपा एमाले ओखलढुंगा जिल्लाका तिन नेता केन्द्रीय सदस्य तथा इन्चार्ज यज्ञराज सुनुवार, केन्द्रीय सदस्य तथा सोलुखुम्बु इन्चार्ज किसोर अधिकारी र  प्रदेस कमिटी सदस्य तथा प्रदेस नं १ का पूर्वमन्त्री अम्बिर गुरुङ लामो समय पछि एक साथ् मन्चमा देखिएका छन।

तत्कालिन नेकपा र नेकपा एमालेमा देखिएको विवाद संगै फरक समुहमा रहेर सक्रिय रहेका तिन नेताले  जिल्ला कमिटीका अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा भएको नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीको बैठकमा संबोधन गरेका थिए।

नेकपा एमाले केन्द्रीय कमिटीको अन्तर पार्टी निर्देशन अनुसार डाकिएको बैठकमा एकतावद्ध र आक्रामक बनाउने उद्घोष गर्दा ओखलढुंगाका एमाले नेता कार्यकर्तामा उत्साह भरिएको एक जिल्ला कमिटी सदस्यले बताए।

तिन प्रभावशाली नेता नेकपा एमालेको अभियानमा सक्रिय बने संगै ओखलढुंगा जिल्लामा पार्टी विभाजनको असर नगन्य हुने भन्दै उनले नेपाली कांग्रेसको इतिहास बदलेर संघ र प्रदेसमा नेकपा एमालेले बनाएको जनमतको भूमिका शशक्त हुने विस्वास जागेको बताएका छन।

ओखलढुंगा जिल्लामा दुई पटक निर्वाचित एकमात्र कम्युनिस्ट सांसद यज्ञराज सुनुवार,जिल्लाका हरेक गाउँ बस्तीमा पुगेर संगठन गर्दै नेकपा एमालेलाई शक्तिशाली बनाएका अनुभवी किशोर अधिकारी र जिल्लाका पहिलो कम्युनिष्ट मन्त्री अम्बिरबाबु गुरुङले एकसाथ गरेको आव्हानले नया उर्जा भरेको बताउदै जिल्लाका एक युवा नेताले अव जिल्लाका  ७५ वटै वडामा पुग्ने अभियान शुरु हुने जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।