तारकेश्वरको नेपालटार क्षेत्र डुवानमा
कपन अनलाइन
काठमाण्डौ,भाद्र २१।
तारकेश्वर नगरपालिकाको खोला किनारका बस्ती र बालाजुको नेपालटार क्षेत्र डुबानमा परेका छन् ।गएराति देखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।
काठमाडौंमा परेको वर्षाका कारण बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् ।
बागमती र धोबिखोला आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा बिद्युत सेवासमेत अबरुद्ध भएको छ ।
तपाइँको प्रतिक्रिया ।