देश चलाउने : आविष्कार कला ( तीज गीत )

देश चलाउने : आविष्कार कला ( तीज गीत )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २०।

     

बाटो बिर्से शासकले जनता र शहीदको

देश चलाउने सरकार कि अदालतले हो ।।

 

जनमतबाट बनाएको संविधान पनि

सत्ताकै लुछाचुँडीको बन्यो कहानी

आशा भन्दा निराशाको चाङ ठूलो बनी गो

देश चलाउने सरकार कि अदालतले हो ।।

 

आफौं लेख्या धाराहरू नबुझेर यो गति

देखि सक्यौं भोगि सक्यौं तिम्रो सम्वृद्धि

देश चलाउने भन्दा पनि खै कता लाग्नु भो

देश चलाउने सरकार कि अदालतले हो ।।

 

बजेट लागू हुन्न देशमा, घोषणापत्र झन्

समृद्धिको आशा सबै नारा रहेछन्

सरकार नै नियम मिची हिड्ने खोज्ने किन हो

देश चलाउने सरकार कि अदालतले हो ।।

 

ऋण खोजी तीन भाग लगाइ सरकार चलाउने

किन हो ? नि युवालाई विदेश पठाउने

कहिले कस्ले देश बनाउला प्रश्न छ है जनताको

देश चलाउने सरकार कि अदालतले हो ।।

तपाइँको प्रतिक्रिया ।