लोकप्रिय गायक विश्वराम कार्कीको “तिमि त अचेल” सार्बजनिक (भिडियो सहित)

लोकप्रिय गायक विश्वराम कार्कीको “तिमि त अचेल” सार्बजनिक (भिडियो सहित)

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २०।

लोकप्रिय गायक विश्वराम कार्कीको सुमधुर आवाजमा रहेको आधुनिक गित “तिमि त अचेल” ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्वराम कार्की सुमधुर स्वरका धनि छन् l विभिन्न स्टेज कार्यक्रम इभेन्टहरुमा समेत आफ्नो जादुमय आवाजले दर्शक श्रोतालाई मनोरंजन दिन सफल गायक विश्वराम कार्कीको “तिमि त अचेल” अहिलेचर्चाको शिखर टेक्दै गरेको छ l विश्वराम कार्कीको शब्द रचना तथा संगीत रहेको यस गीतमा प्रमोद निर्वाणको एरेन्ज रहेको छ ।

छायांकार हृतिक सिंह ठकुरीको छायांकन तथा निर्देशक अमृत सुनुवारको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा मोडल तथा गायक विश्वराम कार्की, लोकप्रिय मोडल निशा खालिङ र जिवन कार्कीको अभिनय रहेको छ । भिडियोलाइ माधव बेलबासेले सम्पादन गरेका हुन् । भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=27FiOHrgOVM

तपाइँको प्रतिक्रिया ।