माधव नेपालले ३० वर्ष निरन्तर लाभ लिएर नेकपा एमाले छाडे : डा.राजन भट्टराई

माधव नेपालले ३० वर्ष निरन्तर लाभ लिएर नेकपा एमाले छाडे : डा.राजन भट्टराई

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १९।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेस विभाग प्रमुख डा.राजन भट्टराईले माधव नेपालले ३० वर्ष लाभ लिएर नेकपा एमाले छाडेको बताएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा आयोजित युवा संघ नेपालको सपथ ग्रहण कार्यक्रममा बोल्दै डा. भट्टराईले माधव कुमार नेपालले २०४७ शालको संविधान निर्माण हुने वेला देखि २०७८ शाल सम्म निरन्तर विभिन्न पदमा बसेर लाभ लिएको र अन्त्यमा पार्टी विभाजन गरेको आरोप लगाएका हुन।

कहिले रास्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलको नेता ,कहिले उपप्रधानमन्त्री,कहिले प्रतिनिधि सभामा प्रतिपक्षी दलको नेता र प्रधानमन्त्री जस्ता पदमा निरन्तर लाभ लिएका नेपाल केहि समय पद र शक्ति भन्दा बाहिर बस्नु पर्दा छटपटाएर पार्टी विभाजन जस्तो अप्रिय र गलत निर्णयमा पुगेको भन्दै उनले नेपालको यो कदम उनैलाई आत्मघाती हुने धारणा ब्यक्त गरेका हुन।

त्यस्तै अर्को प्रसंगमा बोल्दै डा. भट्टराईले चिन संगको सिमा विवाद नेपाली कांग्रेसका नेता सुशील कोइराला प्रधानमन्त्री भएको समयमा नै कार्यदल बनाएर समाधान गरिएको जानकारी दिदै अहिलेको सरकारले अनावस्यक रुपमा मुद्दा झिकेको बताएका छन।

लिपुलेक र लिम्पियाधुराको नक्शा र जमिनको मुद्दालाई कमजोर बनाउन सुनियोजित रुपमा अहिले उत्तरी छिमेकी संगको सिमा विवाद मुद्दा झिकिएको भन्दै उनले यसमा कसैले पनि भ्रम पाल्नु नहुने धारणा राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।