सामाखुशीबाट ८० लाख रुपैयाँ मूल्य बराबरको यार्सागुम्बासहित चार जनाल पक्राउ

सामाखुशीबाट ८० लाख रुपैयाँ मूल्य बराबरको यार्सागुम्बासहित चार जनाल पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १९।

महानगरीय अपराध नियन्त्रण महाशाखा काठमाडौंले झण्डै ८० लाख रुपैयाँ मूल्य बराबरको यार्सागुम्बासहित चार जनालाई पक्राउ गरेको छ।

अवैधरूपमा यार्सागुम्बाको कारोबार भइरहेको सूचनाका आधारमा पुगेको महाशाखाको टोलीले काठमाडौँको सामाखुशीबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोरखा घर भई काठमाडौँको मित्रनगर बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङ घर भइ नयाँ बसपार्क बस्ने ५० वर्षका बेलबहादुर थापा, लमजुङ नै घर भई बानियाँटार बस्ने ४० वर्षका कृष्ण परियार र प्यूठान घर भई तारकेश्वर बस्ने ४७ वर्षका  दानबहादुर जिसी रहेका छन्।गुरुङको कोठा खानतलासी गर्दा बिक्री वितरण गर्ने उद्देश्यले लुकाइछिपाइ राखेको अवस्थामा यार्सागुम्बा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीका लागि शुक्रबार डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको महाशाखाले जनाएको छ । उनीहरूको साथबाट एक किलो ८५० ग्राम यार्सागुम्बा समेत बरामद गरिएको छ।

तपाइँको प्रतिक्रिया ।