अत्तरखेल युवा समाज गोकर्णेश्वरले नेपाल स्टार युवा क्लबलाइ ५-० गोलले पराजित गर्यो

अत्तरखेल युवा समाज गोकर्णेश्वरले नेपाल स्टार युवा क्लबलाइ  ५-० गोलले पराजित गर्यो

कपन अनलाइन

काठमाडौँ, भाद्र १९  ।सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिताको हिजो भएको खेलमा सुरक्षा  लुब्रिकेन्टले प्रायोजन  गरेको अत्तरखेल युवा समाज बिजयी भएको छ एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उक्त खेलमा अत्तरखेल युवा समाजले नेपाल स्टार युवा क्लबलाई ५-० गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो ।

निकै नै प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा अत्तरखेल युवा समाजका  जर्सी नं ९ का खेलाडी मनिष कुमार जर्गाले खेल सुरु भएको २ मिनेट १९ सेकेण्ड मा आकर्षक गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए। त्यसै गरि उनैले १९ मिनेट २४ सेकेन्डमा थप गोल गर्दै खेललाइ २-० को अग्रता दिलाएका थिए भने अत्तरखेल युवा समाजका जर्सी नं १० का दुर्गा श्रेष्ठले ३० मिनेट १५ सेकेन्डमा आकर्षक गोल गर्दै खेललाइ ३-० को अग्रता दिलाएका थिए।

  हाफ टाइम पछि ७२ मिनेट १० सेकेन्डमा थप गोल गर्दै मनिष कुमार जर्गाले  ह्याट्रिक पुरा गरेका थिए ।खेलको अन्तिम समयमा अत्तरखेल युवा समाजका जर्सी नं२३का राकेश सडोललेथप एक   गोल गर्दै  टिमलाइ ५-० गोल अन्तरले बिजयी बनाए।

 नेपाल स्टार युवा क्लबका खेलाडीहरुले  गोल गर्न धेरै प्रयास गरे पनि उक्त प्रयास सफल भएन अन्तत अत्तरखेल युवा समाज संग ५-० गोल अन्तरले पराजित भएको छ ।उक्त खेलको म्यान अफ द म्याच अत्तरखेल युवा समाजका जर्सी नं ९ का खेलाडी मानिस कुमार जर्गा घोषित भए  उनलाई नेपाल राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान राकेश श्रेष्ठले म्यान अफ द म्याचको  ट्रफी प्रदान गरेका  थिए ।उक्त खेलमा खेलाडीहरुलाई हौसला बढाउन प्रतिनिधि सभा सदस्य कृष्ण राइ, सुरक्षा लुब्रिकेन्टका कार्यकारी निर्देशक फुर्वा लामा समेत पुगेका थिए।

तपाइँको प्रतिक्रिया ।