बोधिसत्व बिहार बुढानिलकण्ठ द्वारा प्रदान गरेको स्वास्थ्य सामाग्री मुगु पुग्यो
कपन अनलाइन
काठमाडौं, भाद्र १८ । कर्णाली प्रदेशको मुगु जिल्ला खत्याड गाऊपालिकामा रहेको खत्याड सामुदायिक स्वाथ्य चौकीलाई बोधिसत्व बिहारले प्रदान गरेको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।नेपालमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण देखिएसँगै संक्रमितको उपचार तथा संक्रमण रोकथाम र नियन्त्रणको लागि सहज होस् भनेर लायन दिपेन्द्र सिंखडाको पहल स्वास्थ्य सामग्री प्रदान गरेको संस्थाले जनाएको छ।
बिकट भागोलिक अवस्थाको कारण करिब २ हप्ताको अन्तरलमा डा नरेश उपाध्याय र डा. नेपाली रामु सापकोटाको उपस्थितिमा खत्याड गाउपलिका मुगुको रोहबरमा प्राथमिक स्वास्थ केन्द्र कोटडाँडा ,रातापानी लाई हस्तान्तरण गरिएको छ। खत्याड गाऊपालिकाको अनुरोधमा समाजसेबी लायन दिपक चापागाईको पहलमा बोधिसत्व बिहार बुढानिलकण्ठले स्वास्थ्य सामग्री सहयोग गरेको हो। संक्रमण समुदाय स्तरमा तिब्र रुपमा फैलिरहेको अवस्थामा कोभिड १९ को संक्रमणलाइ रोकथाम नियन्त्रण गर्न सहज होस् भनेर गाउपलिकाको अनुरोधमा बोधिसत्व बिहार बुढानिलकण्ठले निम्न सामग्री प्रदान गरेको थियो।
oxygen concentrator – 5 pc.
*Oxygen cylinder with regulator-9 pc
*PPE – 300pc
*Visor -500pc
*Senitizor – 50 litre
*Gum boot – 10 pairs
*Rapid Antigent Test kit – 70 pc
*phynel and hand wash – 50 litrs
*Kn95 mask – 100 pc
*Surgical mask -2000 pc
*sprayer – 2 pc
*Hair cap -300 pc
*utility gloves – 20 pairs
*Oximetre – 18 pc
*Home isolation kit -50 pc
*Bp set – 3 pc
*Glucometre – 3 pc
*Setcher – 2 pc
*disposal gloves – 8 box
*Thermal gum – 2 pc
*medicines for covid patients and other medical instruments and medicine .