गजल : अनिता भण्डारी (पौडेल)
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १२।
चोट के हो जीवन के हो नारीलाई सोध
भरोसा के हो मन के हो नारीलाई सोध
बिछ्याएर सारा खुशी आफ्नै अघिल्तीर
अभाव के हो धन के हो नारीलाई सोध
लेखिए गीत कविता नारी सौन्दर्य माथी
सुख के हो चयन के हो नारीलाई सोध
किन खेप्नु पर्छ सारा अभिभारा नारीले
शरीर के हो तन के हो नारीलाई सोध
गफ हाक्छन कुरा गर्छन चोक चोकमा
मर्म के हो भाषण के हो नारीलाई सोध
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।