Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/240738826_206554378195741_1760483321730677029_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/240609674_348457460347004_5430575037986661093_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

अस्पतालमा कार्यरत प्रयोगशालाकर्मीहरुको ५ दिने तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौं, भाद्र १२ ।नेपाल मेडिकल  कलेज तथा शिक्षण अस्पतालमा कार्यरत प्रयोगशालाकर्मीलाई ५ दिने तालिम प्रदान गरिएको छ  ।बिश्वबिध्यालय अनुदान आयोगको सहयोग तथा नेपाल मेडिकल  कलेज तथा शिक्षण अस्पताल माईक्रोबायोलोजी बिभागको आयोजनामा विभिन्न अस्पतालमा कार्यरत प्रयोगशालाकर्मीहरुलाई ५ दिने तालिम प्रदान गरिएको हो ।भाद्र ७ देखि ११ गते सम्म चलेको उक्त तालिम   उद्घाटन समारोहमा शिक्षण अस्पतालका नव नियुक्त प्रबन्ध निर्देशक श्री बसुरुद्दिन अंसारी, अस्पतालका निर्देशक डा. राजेश किशोर श्रेष्ठ,कलेजका प्राध्यापक  डा. प्रमोद छेत्री,उप  प्राध्यापक सृष्टि श्रेष्ठ,माईक्रोबायोलोजी बिभागका प्रोफेसर डा. शिव कुमार राई लगाएतको उपस्थिति रहेको थियो।  उद्घाटन  कार्यक्रमलाइ सम्बोधन गर्दै शिक्षण अस्पतालका नव नियुक्त प्रबन्ध निर्देशक श्री बसुरुद्दिन अंसारीले सो तालिममा जे जति सिक्ने मौका मिलेको छ त्यो सबै आफ्नो कार्य क्षेत्रमा लागू गर्दै अरु स्वास्थ्यकर्मीहरुलाई पनि सिकाउन हुन अनुरोध  गरेका थिए ।

तालीममा नेपाल मेडिकल  कलेज,काठमाडौं मेडिकल  कलेज,गंगालाल अस्पताल,सिगन हेल्थ फाउन्डेसन,ईबामुरा अस्पताल,कान्तिपुर डेन्टल तथा जेनेरल अस्पताल ,दिर्घायु गुरु अस्पताल ,नोबेल अस्पतालका प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।तालिमको संयोजन तथा सहजीकरण असिस्टेन्ट प्रोफेसर राम प्रसाद अधिकारीले गरेका थिए भने प्रोफेसर डा. शिव कुमार राई,असिस्टेन्ट प्रोफेसर डा.ज्योत्सना सापकोटा,लेकचरर डा. सुसिला खड्का,असिस्टेन्ट प्रोफेसर लक्ष्मी कान्त खनाल लगायत असिस्टेन्ट प्रोफेसर श्याम कुमार मिश्र,असिस्टेन्ट प्रोफेसर प्रसिल प्रधान,लेकचरर डा. रजनी लामा, एसोसिएट प्रोफेसर डा.मनिशा शर्माले कक्षा तालिमको सहजीकरण गरेका थिए ।  प्रयोगात्मक कक्षामा सैलेजा भेले,धुर्ब अधिकारी,मिठ्ठु नेपालीको  सहयोगी भुमिका रहेका थियो।

५ दिने उक्त  तालिममा  प्रयोगशालामा कुनै पनि बिरामीको रगत,दिशा,पिसाब लगायत अन्य नमुना परिक्षण  कुन समयमा ,कुन ठाँउ,कति मात्रामा? अनि कुन कुन नमुना संकलन  कुन कुन भाँडोमा गर्ने  तथा  सो नमुना संकलन देखि जाच पछी सुरक्षित बिसर्जन गर्ने तरिकाको बारेमा जानकारी गराइएको थियो  । तालिममा २२ जना प्रयोगशालाकर्मीको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।