नेपाली कांग्रेस बुढानिलकण्ठ -१२ को इकाई सभापतिमा अनन्त प्रसाद घिमिरेको दावी

नेपाली कांग्रेस बुढानिलकण्ठ -१२ को इकाई सभापतिमा अनन्त प्रसाद घिमिरेको दावी

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १२ ।

नेपाली कांग्रेस बुढानिलकण्ठ -१२ को इकाई सभापतिमा अनन्त प्रसाद घिमिरेले  दावी गरेका छन। ओखलढुंगा जिल्ला लिखु गाउँपालिका वडा नं ९ स्थायी ठेगाना भै हाल वडा नं १२ मा बसोवास गर्दै आएका घिमिरेले नेपाली कांग्रेसलाई अब्बल र दरिलो बनाउदै वडा नं १२ मा विजयी गराउनका लागि युवा नेतृत्व आवस्यक भएकोले आफुले सभापतिमा दावी गरेको बताएका छन ।

ओखलढुंगामा रहदा साविक पोकली गाविसमा इकाई सदस्य रहेका उनले २०६२/६३ को जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुका  साथै २०६७ शालमा साविक कपन गाविसको इकाई समिति सदस्य भएर योगदान पनि दिएका छन।

नेपाल विद्यार्थी संघको काठमाण्डौ जिल्ला समिती सदस्य समेत रहेका घिमिरे हाल वडा नं १२ को वडा समिती सदस्य रहेका छन।२०५५ शालमा राजनीतिक कारणले आफ्नो थात थलो छोड्न बाध्य भएको उनको परिवार पुस्तौ देखि नेपाली कांग्रेसमा सक्रिय रहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।